ग्रेटा गेरविग निर्देशित “बार्बी” हलिउडमा सबैभन्दा बढी कमाउने फिल्म

२०८० श्रावण २७ गते, शनिबार

लसएन्जल्स । ग्रेटा गेरविग निर्देशित फिल्म ‘बार्बी’ले हरेक हप्ता नयाँ रेकर्ड कायम गरिरहेको छ । बक्स अफिसमा तुफान मच्चाइरहेको यो फिल्मले अघिल्लो हप्ता एक अर्ब उमेरिकी डलर कमाइ गरेर रेकर्ड राखेको थियो । यो हप्ता कमाइको शृंखला जारी राख्दै फिल्मले नयाँ इतिहास रचेको छ ।

हलिउड रिपोर्टरका अनुसार यो फिल्मकी निर्देशक ग्रेटा गेरविग सबैभन्दा बढी कमाइ गर्ने फिल्मकी महिला निर्देशक बनेकी छिन् । यो क्रममा उनले ‘फ्रोजन २’का निर्देशक जेनिफर ली र क्रिस बकलाई उछिनेकी हुन् ।

वाल्ट डिज्नेले सन् २०१९ मा रिलिज गरेको यो फिल्मले ४ सय ७७ मिलियन डलर कमाइ गरेको थियो । ‘बार्बी’ले बिहीबारसम्ममा ४ सय ९२ मिलियन कमाइ गरेको छ । यो विकेन्ड सकिँदा फिल्मले ५ सय मिलियन कमाइ गर्ने पक्का भएको छ । योसँगै फिल्म घरेलु बजारबाट मात्र ५ सय मिलियन कमाइ गर्ने २० औँ फिल्म बनेको छ ।
गेरविगले लाइभ ए क्सन विधाको फिल्ममा पनि रेकर्ड कायम गरेकी छिन् ।(एजेन्सी)

134 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना

२०८३ जेष्ठ १० गते, आईतवार

शिवसताक्षी नगरपालिकाले ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने

२०८३ जेष्ठ १० गते, आईतवार

वैदेशिक रोजगारीबाट फर्किएकालाई विशेष तालिम सञ्चालन गर्दै गौरादह नगरपालिका

२०८३ जेष्ठ १० गते, आईतवार

१५ गते राजधानीमा थारु संस्कृतिको ‘घोंघी सांस्कृतिक साँझ २०८३’

२०८३ जेष्ठ १० गते, आईतवार

सभामुखले पनि फकाउन सकेनन् प्रधानमन्त्रीलाई

२०८३ जेष्ठ १० गते, आईतवार

ओलीलाई अझै अप्ठ्यारो

२०८३ जेष्ठ १० गते, आईतवार

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ

२०८३ जेष्ठ ७ गते, बिहीबार

श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु

२०८३ जेष्ठ ७ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal