स्वास्थ्य क्षेत्र सुधार गर्न कुनै कसरत बाँकी रहने छैन : मन्त्री सिंखडा

२०८० श्रावण २१ गते, आईतवार

पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयकाले आयोजना गरेको प्रदेश स्तरीय स्वास्थ्य कार्यालयहरुको समिक्षा कार्यक्रमलाइ सम्बोधन गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले बिरामीको चाप घटाउने गरेर काम गर्ने दिर्नेशन दिएकी छन् ।

जिल्ला अस्पतालबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिर्फर गर्ने र गण्डकी प्रदेश भन्दा बाहिरका अस्पतलमा रिर्फर गर्दा बिरामीलाइ समस्या हुने भन्दै सकेसम्म धेरै रोगको उपचार गण्डकी प्रदेशमा गर्न निर्देशन दिएकी हुन । आयुर्वेद औषाधालयलाई संग संगै विकास गरेर काम गर्ने योजना सुनाइन ।

गण्डकी प्रदेशका बिरामीलाई जस्तोसुकै रोगलाइ पनि गण्डकी प्रदेश भित्र नै उपचार गर्ने वातावरण बनाउने योजना मन्त्री सिंखडाले सुनाइन ।
स्वास्थ्य क्षेत्रमा सुधार गर्नको लागी कुनैपनि कसरत बाँकी नराख्ने, प्रदेशबाट नै सकेसम्म धेरै सेवा निशुल्क दिने योजना, एनजीओ संग सहकार्या गर्ने कार्यक्रम मन्त्रीलाइ सोधेर मात्र अघि बढ्नुपर्ने लगायतका निर्देशन दिइन् ।
गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य सुबास अधिकारीले गण्डकी प्रदेश सरकारले सुरु गरेको परिवारिक स्वास्थ्य प्रोफाइल योजना तिव्र रुपमा अघि बढाउनुपर्ने जानकारी दिए ।
जनताको स्वास्थ्य उपचारको लागी कम खर्च हुने योजन अघि बढाउनु अनुरोध गरे । स्वास्थ्को क्षेत्रमा कुनैपनि योजना हाल्ने बेलामा योजना माथी अनुसंधान हुनुपर्ने बताए ।
संक्रमण तथा सरुवा रोग अस्पतालका निर्देशक बिकास गौचनले संक्रमण तथा सरुवा रोग अस्पतालले अहिलेसम्म उल्लेखनिय काम गरेको बताए । अहिले पनि गण्डकी अस्पतालमा अन्य अस्पतालमा नपाइने तर संक्रमण रोग तथा कोभिड १९ विरुद्धको खोप निरन्तर दिएको बताए । ५० शैयाको अस्पतालमा विभिन्न सरुवा रोग, आँखाको प्रथामिक उपचार र इमजेन्सी सेवा २४ घण्टा नै सुचारु गरेको सुनाए ।
गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश क्षेयरोग उपचार केन्द्र, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रलय आपुर्ति व्यवस्थापन केन्द्र लगायतका संस्थाले समिक्षामा प्रगति विवरण र आगामी वर्षको योजना पनि सुनाएका थिए ।

116 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal