कुशल भुर्तेलले घातक बलिङले गर्दा १५७ रनमै समेटियो यूएई ‘ए’

२०८० श्रावण ३ गते, बुधबार

काठमाडौं । कुशल भुर्तेलले घातक बलिङ गरेपछि एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपालले युनाइटेड अरब इमिरेट्स ‘ए’ बाट १५८ रनको लक्ष्य पाएको छ ।

भुर्तेलले लिस्ट ‘ए’ करियरकै उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि बुधबार पी सारा ओभलमा टस जितेर ब्याटिङमा आएको यूएईले ४४ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनायो ।

यूएईलाई मध्यम योगफलमा रोक्न ६ विकेट लिएका भुर्तेलले १० ओभरमा ४० रन खर्चिए । लिस्ट ‘ए’ क्रिकेटमा कुशलको यो अहिलेसम्मकै उत्कृष्ट बलिङ फिगर हो ।

यूएईले २३।५ ओभरमा ९६ रन जोड्दा दुई विकेटमात्र गुमाएको थियो । तर, त्यसपछि भुर्तेलले लगातार विकेट लिँदा यूएई १५७ रनमै समेटियो । यसबाहेक, श्याम ढकाल ९मौसम०ले दुई विकेट लिँदा कुशल मल्ल र पवन सर्राफले समान एक विकेट लिए ।

यूएईका ओपनर नवप्रितसिंह बाज्वाले ५२ रन बनाए । इथान डिसुजाले १८, अश्वन्थ भाल्थापाले १६ र जस गियानानीले १३ रन जोडे । यसबाहेक, यूएईका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । प्रतियोगितामा दुवै टिमको यो समूह चरणको अन्तिम खेल हो । यसअघिका दुई खेलमा लगातार हार बेहोरेका कारण दुवै टिमको सेमिफाइन पुग्ने सम्भावना समाप्त भइसकेको छ । यसैकारण आजको खेलमा दुवै टिम जितसहित प्रतियोगिताको सुखद अन्त्यको लक्ष्यमा छन् ।

यसअघि, प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग चार विकेटले र दोस्रो खेलमा भारत ‘ए’सँग नौ विकेटले पराजित भएको थियो ।यता, यूएई पनि पहिलो खेलमा भारतसँग आठ विकेटले र दोस्रो खेलमा पाकिस्तानसँग १८४ रनले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित एसियाका आठ टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

145 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal