कुशल भुर्तेलले घातक बलिङले गर्दा १५७ रनमै समेटियो यूएई ‘ए’

२०८० श्रावण ३ गते, बुधबार

काठमाडौं । कुशल भुर्तेलले घातक बलिङ गरेपछि एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपालले युनाइटेड अरब इमिरेट्स ‘ए’ बाट १५८ रनको लक्ष्य पाएको छ ।

भुर्तेलले लिस्ट ‘ए’ करियरकै उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि बुधबार पी सारा ओभलमा टस जितेर ब्याटिङमा आएको यूएईले ४४ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनायो ।

यूएईलाई मध्यम योगफलमा रोक्न ६ विकेट लिएका भुर्तेलले १० ओभरमा ४० रन खर्चिए । लिस्ट ‘ए’ क्रिकेटमा कुशलको यो अहिलेसम्मकै उत्कृष्ट बलिङ फिगर हो ।

यूएईले २३।५ ओभरमा ९६ रन जोड्दा दुई विकेटमात्र गुमाएको थियो । तर, त्यसपछि भुर्तेलले लगातार विकेट लिँदा यूएई १५७ रनमै समेटियो । यसबाहेक, श्याम ढकाल ९मौसम०ले दुई विकेट लिँदा कुशल मल्ल र पवन सर्राफले समान एक विकेट लिए ।

यूएईका ओपनर नवप्रितसिंह बाज्वाले ५२ रन बनाए । इथान डिसुजाले १८, अश्वन्थ भाल्थापाले १६ र जस गियानानीले १३ रन जोडे । यसबाहेक, यूएईका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । प्रतियोगितामा दुवै टिमको यो समूह चरणको अन्तिम खेल हो । यसअघिका दुई खेलमा लगातार हार बेहोरेका कारण दुवै टिमको सेमिफाइन पुग्ने सम्भावना समाप्त भइसकेको छ । यसैकारण आजको खेलमा दुवै टिम जितसहित प्रतियोगिताको सुखद अन्त्यको लक्ष्यमा छन् ।

यसअघि, प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग चार विकेटले र दोस्रो खेलमा भारत ‘ए’सँग नौ विकेटले पराजित भएको थियो ।यता, यूएई पनि पहिलो खेलमा भारतसँग आठ विकेटले र दोस्रो खेलमा पाकिस्तानसँग १८४ रनले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित एसियाका आठ टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

133 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal