पूर्व कृषिमन्त्री यादव पक्राउ
बुटवल । लुम्बिनी प्रदेशका पूर्वकृषि मन्त्री एवं एमाले नेता विजयबहादुर यादव पक्राउ परेका छन् । बैंकिङ कसूर मुद्दामा बाँके प्रहरीले यादवलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले एमाले नेता तथा पूर्व प्रदेश कृषि मन्त्री यादवलाई आइतवार बाँकेको डूडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ गरेको हो । बैंकिङ कसूर मुद्दामा रुपन्देही जिल्ला अदालतले यादवको नाममा पक्राउ पुर्जी जारी गरेपछि जिल्ला प्रहरी कार्यालय बाँकेले यादवलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा बुझाएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले पुष्टि गरे ।
नेपाली कांग्रेसबाट राजनीति शुरू गरेका यादव अघिल्लो चुनावमा टिकट नपाएपछि जसपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । पार्टीको निर्णय विपरीत दोस्रोपटक शंकर पोखरेल नेतृत्वको सरकार टिकाउन सरकारमा सहभागी भएको भन्दै पार्टीले कारवाही गरेपछि उनको प्रदेशसभा सदस्यसँगै मन्त्री पद समेत गएको थियो । पछिल्लो चुनावमा उनी एमाले प्रवेश गरेका थिए ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





