प्रधानमन्त्री प्रचण्डले संसद्मा गल्ती स्वीकारेः बिबिसी

२०८० असार २६ गते, मंगलवार

काठमाडों । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमवार संसदमा गरेको सम्बोधनलाई हिन्दी मिडियाले गल्ती स्वीकारेको भनेर समाचार सम्प्रेषण गरेका छन् ।

बीबीसी हिन्दीले भारतीय व्यापारी प्रितम सिंहबारे दिएको विवादित बयानमा प्रचण्डले गल्ती स्वीकारेको लेखेको छ ।
आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली गएका भनेर प्रचण्डले दिएको अभिव्यक्ति विवादित बनेको थियो, जुन सन्दर्भमा सोमवारको संसद बैठकमा प्रचण्डले सम्बोधन गरेका छन् । प्रचण्डले गल्ती स्वीकारेपछि संसद्को गतिरोध अन्त्य भएको बीबीसीले लेखेको छ ।

बीबीसी हिन्दीले प्रचण्डको भनाइ लेखेको छ, ‘मेरो बयान प्रधानमन्त्री पदमा बसेको व्यक्तिको आचरण अनुरूप थिएन । आगामी दिनमा यस्तो बयानका विषयमा सचेत रहनेछु ।’ विवादित बयानपछि प्रधानमन्त्रीको राजीनामा माग्दै नेकपा एमालेले संसद् अवरुद्ध गरेको बीबीसी हिन्दीले लेखेको छ ।

90 Views

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal