२२ जना भारतीय मछुवा रिहा
एजेन्सी । श्रीलङ्काको अदालतले पक्राउ परेका २२ जना भारतीय मछुवालाई रिहा गर्न आदेश दिएको छ । तमिलनाडुको रामनाथपुरम जिल्लाको मण्डपम र पुडुकोट्टईमा माछा मार्ने बन्दरगाहबाट निस्केका उनीहरुलाई श्रीलङ्काको जाफनाको डेल्फ्ट टापु नजिकैबाट पक्राउ गरिएको थियो ।
श्रीलङ्काको जलक्षेत्रमा प्रवेश गरेको आरोपमा त्यहाँको नौसेनाले उनीहरुलाई गएको जुन २२ तारिखमा पक्राउ गरेको थियो । साथै मछुवाबाट भारतीय डुङ्गा समेत नियन्त्रणमा लिइएको थियो । पक्राउ परेका २२ जना मछुवालाई स्थानीय प्रहरीले अनुसन्धानपछि अदालतमा उपस्थित गराएको थियो ।
न्यायाधीशले उनीहरुलाई जुलाई ५ तारिख अर्थात् हिजोसम्म न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो । हिरासत पूरा भएपछि फेरि अदालतमा पेस गरिएका उनीहरुलाई अदालतले रिहा गर्न आदेश दिएको समाचार संस्था एएनआईले जनाएको छ ।
हिजो रिहा भएका २२ जना भारतीय मछुवा केही दिनभित्रै घर फर्किने अपेक्षा गरिएको मछुवा सङ्घलाई उद्धृत गरी भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





