मेलम्ची खानेपानी आयोजनाको सुरुङ बन्द
२०८० असार २० गते, बुधबार
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ बन्द गरिएको छ । सुरुङभित्र धमिलो पानी पस्न थालेपछि आइतबारदेखि नै काठमाडौं पानी पठाउन रोकिएको हो ।
धमिलो पानी पसेपछि सुरुङ सफा गर्न गाह्रो हुने भएपछि मेलम्ची खानेपानी परियोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । उनका अनुसार तीनरचार दिन अघिदेखि नै काठमाडौंमा पानी ल्याउन रोकिएको छ । खोलामा धमिलो पानी बगुञ्जेलसम्म काठमाडौं पानी पठाउन नसकिने पन्तले बताए ।
45 Views