झाँक्री प्रकाश भुजेलको सर्टिफिकेट नै नक्कली, सिआइबीमा उजुरी

२०८० असार २० गते, बुधबार

रोशन ज्ञवाली
काठमाडौं । अहिले सामाजिक सञ्जालमा निकै नै लोकप्रिय बनेर जुनसुकै रोग तत्काल निको पार्ने झाँक्री भनेर चिनिएका प्रकाश भुजेलविरुद्ध अपराध अनुसन्धान महाशाखा (सिआइबी)मा उजुरी परेको छ ।
भुजेलले प्रयोग गर्दै आएको एसएलसी परीक्षाको प्रमाणपत्र नक्कली रहेको भन्दै सरकारी कागज, सहीछाप तथा किर्ते अभियोगमा कारवाहीको माग गर्दै विश्व हिन्दु युवासंघ अन्तर्राष्ट्रिय महिला समितिकी सचिव उमा जैशीले बुधबार उजुरी गरेको विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले जानकारी दिए । सुनसरी धरानस्थित जनज्योति स्कुल र सिम्बोल नं. ०१५५२४५ रहेको २०४५ साल फागुन १९ गते जारी एसएलसीको प्रमाणपत्र नक्कली रहेको दावी गर्दै निवेदिका काफ्लेले भुजेलले सोही प्रमाणपत्रको प्रयोग गरेर आन्तरिक मामिला तथा कानून मन्त्रालय सञ्चार रजिष्टारको कार्यालय बागमती प्रदेशबाट पत्रकार परिचय पत्र बनाएको समेत उल्लेख गरेकी छन् ।

परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा बुझ्दा समेत भुजेलको सो प्रमाणपत्र नक्कली भएको पाइएको तर आवश्यक छानविन गरी पाउँ भनी प्रहरी वित्त बौद्ध काठमाडौंमा निवेदन गरिए पनि त्यसको सुनुवाई नभएको उजुरीमा उल्लेख छ ।

96 Views

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal