झाँक्री प्रकाश भुजेलको सर्टिफिकेट नै नक्कली, सिआइबीमा उजुरी
रोशन ज्ञवाली
काठमाडौं । अहिले सामाजिक सञ्जालमा निकै नै लोकप्रिय बनेर जुनसुकै रोग तत्काल निको पार्ने झाँक्री भनेर चिनिएका प्रकाश भुजेलविरुद्ध अपराध अनुसन्धान महाशाखा (सिआइबी)मा उजुरी परेको छ ।
भुजेलले प्रयोग गर्दै आएको एसएलसी परीक्षाको प्रमाणपत्र नक्कली रहेको भन्दै सरकारी कागज, सहीछाप तथा किर्ते अभियोगमा कारवाहीको माग गर्दै विश्व हिन्दु युवासंघ अन्तर्राष्ट्रिय महिला समितिकी सचिव उमा जैशीले बुधबार उजुरी गरेको विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले जानकारी दिए । सुनसरी धरानस्थित जनज्योति स्कुल र सिम्बोल नं. ०१५५२४५ रहेको २०४५ साल फागुन १९ गते जारी एसएलसीको प्रमाणपत्र नक्कली रहेको दावी गर्दै निवेदिका काफ्लेले भुजेलले सोही प्रमाणपत्रको प्रयोग गरेर आन्तरिक मामिला तथा कानून मन्त्रालय सञ्चार रजिष्टारको कार्यालय बागमती प्रदेशबाट पत्रकार परिचय पत्र बनाएको समेत उल्लेख गरेकी छन् ।
परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा बुझ्दा समेत भुजेलको सो प्रमाणपत्र नक्कली भएको पाइएको तर आवश्यक छानविन गरी पाउँ भनी प्रहरी वित्त बौद्ध काठमाडौंमा निवेदन गरिए पनि त्यसको सुनुवाई नभएको उजुरीमा उल्लेख छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





