लागुऔषध कारोबारमा संलग्न ५ विदेशीसहित १२ जना पक्राउ

२०८० असार ८ गते, शुक्रबार

काठमाडौँ । नेपाल प्रहरीले अवैध लागुऔषध कारोबार गर्ने ५ विदेशीसहित १२ जनालाई पक्राउ गरेको छ।

विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। जेठ २८ गते काठमाडौँको सिनामंगलमा भारत विहारका हेमन्तकुमार भगतलाई (लागुऔषध खैरो हेरोईन १०० ग्रामसहित) नियन्त्रणमा लिने क्रममा प्रहरीको पेस्तोल खोस्ने प्रयास गर्दा जवाफी कारबाहीमा घाइते भएका थिए।

उनीसँगको सोधपुछबाट सुनसरीको धरान बस्दै आएका सञ्जीव कुमारको समेत संलग्नता रहेको खुलेपछि उनलाई सुनसरीबाट असार ६ गते पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले बताए।

यस्तै, जेठ २९ गते टर्किस एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट इस्तानबुल हुँदै जर्मन जान लागेका जर्मन नागरिक पाउल वेर्स्टले साथमा ल्याएको सुटकेस चेकजाँच गर्दा लागुऔषध चरेस छ केजी ८६० ग्राम बरामद भएको र निजलाई पक्राउ गरिएको उनले बताए।

यस्तै, असार ३० गते ललितपुरबाट चितवनका महेश चौध्रीलाई लागुऔषध कोडिन १६ बोतल, असार ५ गते काठमाडौँबाट चन्द्रागिरि नगरपालिका–८ का सुगम मैनालीलाई एलएसडी स्टिकर ७ पिस र असार ५ गते काठमाडौँका मुखिया गुरुङलाई कोकिनसिहत पक्राउ गरिएको एसपी जोशीले बताए।

यस्तै, मोरङका राज गौतम र चेक रिपब्लिकका मार्टिना सेर्नालाई एलएसडी स्टिकर २६ थान तथा मेथाम्फेटामाइन ४०० एमजीसहित कास्कीस्थित पोखराको एक होटलबाट, असार ६ गते काठमाडौँस्थित एक होटलबाट इटालियन नागरिक डेभिड मिनाडिओलाई ६ ग्राम चरेससहित पक्राउ परेका थिए।

यसैगरी थप अनुसन्धानका सिलसिलामा असार ७ गते काठमाडौँबाट दावा तामाङ र नरबहादुर तामाङ र इन्डियन एयरलाइन्सबाट ओमान जान लागेका झापाका सुमन लिम्बूलाई अवैध लागुऔषध गाँजा ४ केजी ७५० ग्रामसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बरामद लागुऔषधको बजारमूल्य दुई करोड ३३ लाख रहेको एसपी जोशीको भनाइ छ।

59 Views

ताजा

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

ताइवानमा शक्तिशाली भूकम्प

२०८१ माघ ८ गते, मंगलवार

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२०८१ माघ ८ गते, मंगलवार

चैत ५ गते स्ववियु निर्वाचन

२०८१ माघ ८ गते, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ

२०८१ माघ ८ गते, मंगलवार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल

२०८१ माघ ४ गते, शुक्रबार

जीबी राईको राहदानी रद्द गर्न आदेश

२०८१ माघ ४ गते, शुक्रबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal