लागुऔषध कारोबारमा संलग्न ५ विदेशीसहित १२ जना पक्राउ

२०८० असार ८ गते, शुक्रबार

काठमाडौँ । नेपाल प्रहरीले अवैध लागुऔषध कारोबार गर्ने ५ विदेशीसहित १२ जनालाई पक्राउ गरेको छ।

विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। जेठ २८ गते काठमाडौँको सिनामंगलमा भारत विहारका हेमन्तकुमार भगतलाई (लागुऔषध खैरो हेरोईन १०० ग्रामसहित) नियन्त्रणमा लिने क्रममा प्रहरीको पेस्तोल खोस्ने प्रयास गर्दा जवाफी कारबाहीमा घाइते भएका थिए।

उनीसँगको सोधपुछबाट सुनसरीको धरान बस्दै आएका सञ्जीव कुमारको समेत संलग्नता रहेको खुलेपछि उनलाई सुनसरीबाट असार ६ गते पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले बताए।

यस्तै, जेठ २९ गते टर्किस एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट इस्तानबुल हुँदै जर्मन जान लागेका जर्मन नागरिक पाउल वेर्स्टले साथमा ल्याएको सुटकेस चेकजाँच गर्दा लागुऔषध चरेस छ केजी ८६० ग्राम बरामद भएको र निजलाई पक्राउ गरिएको उनले बताए।

यस्तै, असार ३० गते ललितपुरबाट चितवनका महेश चौध्रीलाई लागुऔषध कोडिन १६ बोतल, असार ५ गते काठमाडौँबाट चन्द्रागिरि नगरपालिका–८ का सुगम मैनालीलाई एलएसडी स्टिकर ७ पिस र असार ५ गते काठमाडौँका मुखिया गुरुङलाई कोकिनसिहत पक्राउ गरिएको एसपी जोशीले बताए।

यस्तै, मोरङका राज गौतम र चेक रिपब्लिकका मार्टिना सेर्नालाई एलएसडी स्टिकर २६ थान तथा मेथाम्फेटामाइन ४०० एमजीसहित कास्कीस्थित पोखराको एक होटलबाट, असार ६ गते काठमाडौँस्थित एक होटलबाट इटालियन नागरिक डेभिड मिनाडिओलाई ६ ग्राम चरेससहित पक्राउ परेका थिए।

यसैगरी थप अनुसन्धानका सिलसिलामा असार ७ गते काठमाडौँबाट दावा तामाङ र नरबहादुर तामाङ र इन्डियन एयरलाइन्सबाट ओमान जान लागेका झापाका सुमन लिम्बूलाई अवैध लागुऔषध गाँजा ४ केजी ७५० ग्रामसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बरामद लागुऔषधको बजारमूल्य दुई करोड ३३ लाख रहेको एसपी जोशीको भनाइ छ।

175 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal