गोरखामा गाडी दुर्घटना, मृतक ५ जनाको परिचय खुल्यो

२०८० असार ८ गते, शुक्रबार

गोरखा । गोरखामा गाडी दुर्घटनामा परेर ज्यान गुमाएका पाँच जनाको परिचय खुलेको छ । गए राति प्रदेश ३ ०१–०२३ च २४ २७ नम्बरको गाडी गोरखाको शहीद लखन गाउँपालिका–३ मा पल्टिँदा शहीद लखन–५ का १९ वर्षीय प्रविण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षीया नविना थापा र ६४ वर्षीय धनबहादुर थापाको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिनुभयो ।

दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार शहीद लखन–५ ताक्लुङबाट चिलिङकोट–३ मा रहेको केटीको घरमा टिकाटालो गरेर फर्किएकाहरू दुर्घटनामा परेका हुन् । दुलहा र दुलही अर्कै गाडीमा चढेकाले उनीहरू सुरक्षित छन् । गाउँलेहरूका अनुसार उनीहरूले यसअघि आफूखुसी बिहे गरेका थिए र हिजो बिहीवार टिकाटालोका लागि केटा पक्ष जन्तीसहित केटीको घर गएको थियो ।

174 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal