अब २० रुपैयाँमै घुम्नुहोस विरेन्द्रनगर

२०८० असार १ गते, शुक्रबार

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज शुक्रवारदेखि नगर माइक्रोबस सेवा सञ्चालनमा आएको छ । सेवा सञ्चालनमा आएसँगै २० रुपैयाँमा वीरेन्द्रनगर घुम्न सकिने भएको हो ।

वीरेन्द्रनगर नगर माइक्रोबस सेवाको उद्घाटन गर्दै नरपालिकाका मेयर मोहनमाया ढकालले सहुलियतमा नगर बस सेवा सुरु भएसँगै नगरवासीलाई सहज हुने बताउनुभयो । नागरिकको आवश्यकतानुसार नगर माइक्रोबस सेवाले सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उहाँले सुरक्षित वीरेन्द्रनगर बनाउने अभियानमा नगरपालिका लागेको बताउनुभयो ।

व्यवसायीका आवश्यक मागका सम्बन्धमा नगरपालिका गम्भीर रहेको बताउँदै मेयर ढकालले अटोरिक्साको मनलाग्दी भाडाका कारण आजित बनेका नागरिकलाई नगर माइक्रोबस सेवाले राहत दिने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार नगर माइक्रोबस सेवा संयुक्त काउन्टरबाट सञ्चालन हुनेछ ।

वीरेन्द्रनगरमा एक चोकबाट अर्को चोकसम्म पुग्न भाडादर २० रुपैयाँ कायम गरिएको सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले बताउनुभयो । बस मङ्गलगढी–काँक्रेविहार, मङ्गलगढी–एअरपोट चोक–बामेखोला, मङ्गलगढी–गणेशचोक–आँखा अस्पताल चोक हुँदै कालिञ्चोक–नेवारे पिपिरा, गणेशचोक–प्रदेश अस्पताल–बाङ्गेसिमल रुट जोडिने र गणेश चोक–कारागार–टेलिकम हुँदै कपासे रुटसमेत थप गरिने उहाँले जानकारी दिनुभयो ।

यात्रुलाई सहज सेवा दिनका लागि सहुलियत भाडादर कायम गरिएको अध्यक्ष सापकोटाले बताउनुभयो । उहाँका अनुसार अहिले मुख्यतः चार लेन सडकको धुलियाबिटबाट मङ्गलगढी–यरिचोक हुँदै मूलपानी चोकबाट प्रदेश अस्पताल भएर बाङ्गेसिमलसम्म पुग्ने गरी माइक्रोबस सेवा सञ्चालन गरिएको छ । १० वटा माइक्रोबस १०–१० मिनेटको फरकमा छुट्नेछ ।

सुर्खेतमा अटोरिक्सामा प्रतिकिलोमिटर ५० देखि एक सय ५० रुपैयाँसम्म भाडा लिने गरेकोमा नगर बस सेवा सञ्चालनमा आएपछि राहत हुने खबरले यहाँका नागरिकले सेवाको स्वागत गरेका छन् । (रासस)

183 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal