सीमान्तकृत समुदायका बालिकाहरूको अधिकारसम्बन्धी आधार पत्र सार्वजनिक

२०८० जेष्ठ २९ गते, सोमबार

काठमाडौं । सीमान्तकृत समुदायका बालिकाहरूको अधिकार सम्बन्धी आधार पत्र सार्वजनिक गरिएको छ ।

काठमाडौंमा भएको एक कार्यक्रमम आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङ, मुस्लिम आयोगका सदस्यद्वय महमदिन अली र मोहमद समशुल हक तथा गैरसरकारी संस्था हामी दाजु भाइका महासचिव अशोक शिवाकोटीले संयुक्त रुपमा सो पुस्तक सार्वजनिक गरे ।

कार्यक्रममा आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङले आवश्यक स्रोत साधनको अभावमा बालबालिकाको क्षेत्रमा काम गर्न नसकेको बताए ।
यस्तै मुस्लिम आयोगका सदस्य हकले सीमान्तकृत समुदायका वयस्क व्यक्तिहरु नै समस्यामा पर्ने गरेको भन्दै यस्तो समुदायका बालिकाहरु झनै जोखिमा रहेको बताए ।

मुस्लिम आयोगका अर्का सदस्य अलीले सीमान्तकृत समुदायका बालिकाको हक अधिकार सुनिश्चित गर्न आफूहरुले सक्दो गर्ने प्रतिवद्धता पनि जनाए । राज्यले आयोगलाई छुट्याउने बजेटमा ब्यापक रुपमा कटौती गरेका कारण पनि सिमान्तकृत बालिका तथा किशोरीहरूका लागि कार्यक्रम सञ्चालन गर्न नसकिएको गुनासोसमेत गरेका थिए।
प्लान इन्टरनेशनलको सहयोगमा हामी दाजु भाइका लागि यो आधार पत्र प्रणिका कोयु र रुक्मणी महर्जनले तयार पारेका हुन् ।
कोयुले आधारपत्र तयार पार्ने क्रममा सीमान्तकृत समुदायका केहीसँग भेटघाट गरेको जानकारी दिँदै सीमान्तकृत समुदायका बालिका आफ्नो अधिकारबाट वञ्चित रहेको पाइएको बताइन् ।

दाजु भाइका महासचिव अशोक शिवाकोटीले अधिकार विहीन बालिकाहरूको अधिकार सुनिश्चित गर्नका लागि यो आधार पत्रले सरोकारवाला निकायलाई दबाव दिने विश्वास व्यक्त गरे ।

हामी दाजुभाइ नेपालमा लैङ्गिक समानताका लागि विशेष गरी पुरुष र पुरुषत्व, लिङ्ग र लैङ्गिकताका बारे पुरुष तथा बालकहरुसंग समेत काम गर्दै आएको सामाजिक संस्था हो।

256 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal