पतिको कुटाइबाट मृत्यु भएकी महिला जलाउँदै गर्दा ४ मलामी पक्राउ

२०८० जेष्ठ २८ गते, आईतवार

काठमाडौ । सर्लाहीमा पतिको कुटपिटबाट मृत्यु भएकी महिलाको चितामा जल्दै गरेको शव प्रहरीले नियन्त्रणमा लिएको छ। उनको मलामी जाने चारजनालाई पनि प्रहरीले पक्राउ गरेको छ।

हरिपुर नगरपालिका ६ लक्ष्मिपुरका ५० वर्षीय राजाराम साहको कुटपिटबाट गम्भीर घाइते भएकी ४५ वर्षीया इन्द्रकला देवीको शनिबार बिहान मृत्यु भएको थियो।

मृत्युपछि प्रहरीलाई खबर नै नगरी शनिबार दिउँसो नजिकैको घाटमा लगेर जलाउँदै गरेको अवस्थामा शव नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए।

स्थानीयका अनुसार घरायसी विवादमा राजारामले पत्नी इन्द्रकलालाई गत सोमबार मरणासन्न हुनेगरी कुटपिट गरेका थिए। गम्भीर घाइते भएकी इन्द्रकलालाई उनका छोरी जयकुमारी साह र ज्वाइँ राजकिशोर साहले उपचारका लागि सुरुमा नवलपुरस्थित एक निजी क्लिनिकमा पुर्‍याएका थिए।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि इन्द्रकलालाई मंगलबार वीरगन्ज लगिएको थियो। तर, त्यहाँ राम्रोसँग उपचारै नगरी उनलाई भोलिपल्टै घर ल्याइएको थियो। घरमा ल्याएपछि इन्द्रकलाको स्वास्थ्य अवस्था थप जटिल भएको थियो।

त्यसपछि उनलाई गत बुधबार छोरी जयकुमारी र ज्वाइँ राजकिशोरले फेरि उपचारका लागि जनकपुर लगेका थिए। त्यहाँ पनि राम्ररी उपचारै नगरी शनिबार बिहान घर ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको स्थानीयले बताएका छन्।

पतिको कुटपिटबाट मृत्यु भएकी महिलाको शव कानुनी प्रक्रिया पूरा नगरी गुपचुप ढंगले जलाउँदै गरेको खबर पाएपछि इलाका प्रहरी कार्यालय (हरिपुर) का प्रहरी निरीक्षक विजय कुँवरको कमान्डमा खटिएको प्रहरी टोलीले शव नियन्त्रणमा लिएर परीक्षणको लागि प्रादेशिक अस्पताल (मलंगवा) पठाएको हो।

शवको पोस्टमार्टम आजै गरिने बताइएको छ।कुटपिटपछि इन्द्रकलाका पति राजाराम फरार छन्। इन्द्रकलाको मलामी जाने उनका ज्वाइँ राजकिशोरलाई पनि प्रहरीले पक्राउ गरेको छ। राजकिशोर रौतहटका बासिन्दा हुन्। ससुराको कुटपिटबाट सासू घाइते भएपछि उनी पत्नीसँगै ससुराली पुगेका थिए।

168 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal