भारतमा सवारी दुर्घटना हुँदा एकै परिवारका चार नेपालीको मृत्यु

२०८० जेष्ठ २८ गते, आईतवार

काठमाडौँ– भारतमा सवारी दुर्घटना हुँदा चार नेपालीको मृत्यु भएको छ। कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासानजिकै पर्ने खटिमा चकरपुरमा सडक दुर्घटनामा परेर एकै परिवारका चार जना नेपालीको मृत्यु भएको छ।

शनिबार दिउँसो कार र दुई स्कुटर एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको थियो। खटिमाको मुडेली गाउँमा बस्दै आएका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, २७ वर्षीया बुहारी नर्मदा चन्द र ४२ वर्षीया कल्पना चन्दको मृत्यु भएको हो।

उनीहरू कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा पूजापाठ गरेर फर्किरहेका थिए।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि खटिमास्थित नागरिक अस्पताल पुर्‍याएको केहीबेरमै चिकित्सकले मृत घोषणा गरेका हुन्।

170 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

२०८३ भाद्र १० गते, बुधबार

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

२०८३ भाद्र १० गते, बुधबार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal