सार्वजनिक यातायातको भाडा घट्यो, भोलिबाट लागू हुने

२०८० जेष्ठ ११ गते, बिहीबार

काठमाडौं । प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा बागमती सरकारले घटाएको छ । यद्यपि नयाँ भाडादर भोलि राजपत्रमा प्रकाशित भएपछि लागू हुने श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।
घटेको भाडादर अनुसार अब सार्वजनिक गाडी चढ्दा न्यूनतम १७ रूपैयाँ लाग्ने भएको छ । अहिले २० रूपैयाँ छ । मन्त्रालयका प्रवक्ता शंकरराज पाठकका अनुसार भाडा घटाउने निर्णय भएको बताए ।

उनले भने, ‘डिजलको मूल्य घटेसँगै प्रदेशले भाडादर समायोजन गरेको हो । भोलि राजपत्रमा प्रकाशित भएपछि नयाँ भाडादर लागू हुनेछ । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातको भाडा ५।९० प्रतिशत घटाउने निर्णय भएको छ । उपत्यका बाहिर चल्ने सार्वजनिक सवारीसाधनको ४।१८ प्रतिशत र मालवाहक सवारीसाधनको ५।६९ प्रतिशत भाडा घट्ने छ ।’

पेट्रोलियम पदार्थमको मूल्य तलमाथि हुँदा भाडा पनि समयोजन हुने गरेको छ । पछिल्लो समय नेपाल आयल निगमले डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको थियो । भने नयाँ मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ कायम गरेको थियो ।

यसअघि नै संघीय सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीमा भाडादर समायोजन गरिसकेको थियो ।

158 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

२०८३ भाद्र १० गते, बुधबार

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

२०८३ भाद्र १० गते, बुधबार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal