मजदुर आन्दोलनको जगमा २००७ सालको क्रान्तिः देउवा

२०८० बैशाख १८ गते, सोमबार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको जनक्रान्तिको आधार मजदुर आन्दोलनले बनाएको बताएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै सभापति देउवाले श्रमिकहरुको समस्यालाई समाधान गरेर मजदूर वर्गको हक र हितको सम्वर्धन गर्न नेपाली कांग्रेस सदैव सचेत भएर लागिरहने जनाएका छन् ।

सभापति देउवाले मे १ तारिख— मजदुर वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिनको रुपमा स्मरण गर्दै यो दिनलाई संसारभरिका मजदुरहरुले अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाइदै आएका जनाएका छन्।

‘वि।संं। २००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो । सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दवाउने नीति अख्तियार गरेर— जननायक बीपी कोइराला लगायत धेरै नेताहरुलाई पक्राउ गरेको थियो,’ देउवाले स्मरण गर्दै भनेका छन्, ‘नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो, त्यसैले नेपाली कांग्रेस र मजदूरहरु सधैं एकअर्कामा आवद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै छ।’

विसं २०१६ मा नेपाली कांग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदूर सम्बन्धी कानूनको तर्जुमा गरेर मजदूरहरुलाई कानूनसम्मत् अधिकार प्रदान गरेको पनि सभापति देउवाले जनाएका छन्। ‘आज पनि नेपालका श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरुले अनेक समस्याहरुलाई बेहोरिरहन परेको छ, उहाँहरुको समस्यालाई समाधान गरेर मजदूर वर्गको हक र हितको सम्वद्र्धन गर्न नेपाली कांग्रेस सदैव सचेत भएर लागिरहने छ’ देउवाले शुभकामना सन्देशमा भनेका छन्।

182 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal