महावीर पुन नेतृत्वको आन्दोलनमा राप्रपाको पनि समर्थन

२०८० बैशाख १७ गते, आईतवार

काठमाडौँ । काठमाडौंको माइतीघर मण्डलामा भइरहेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि जारी सामाजिक आन्दोलन र धर्ना कार्यक्रमप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समर्थन जनाएको छ।

आइतवार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको टोली धर्ना कार्यक्रमस्थल पुगेर राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनप्रति आफ्नो पार्टीको साथ, सहयोग र समर्थन रहिरहने प्रतिबद्धता समेत व्यक्त गरे। त्यस अवसरमा उनले देशका लागि शुरु गरिएको सामाजिक आन्दोलन तथा धर्ना कार्यक्रममा साथ दिन पनि देशवासीलाई अपिल गरे।

अध्यक्ष लिङदेनले आन्दोलनको माग देशका लागि भएकाले तत्काल सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरे। उनले उक्त माग पूरा गराउन बाध्य पार्ने गरी आन्दोलनको आँधीबेहरी सृजना गर्न पनि सिंगो देशवासीलाई आग्रह गरे। अध्यक्ष लिङदेनले संसद्‌मा पूरा गर्नुपर्ने माग हो भनेर भ्रम छर्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराए।

उनले भने, ‘सरकार पक्षका मानिसरूले आएर भ्रम छरेजस्तो बुझ्न पाएँ। यो त संसद्‌ले गर्नुपर्ने हो। मैले के गरौं भनेर प्रधानमन्त्रीले भनेजस्तो लाग्यो। संसद्‌मा लैजानुपर्ने विषय छैनन् यसमा। सार्वजनिक खरिद ऐनले कुनै समस्या पार्छ भने त्यो खरिद ऐन सरकारले संशोधनको प्रस्ताव संसद्‌मा ल्याओस् हामी भोलि पास गर्न तयार छौं। सरकारले ऐनमा कुनै समस्या भए संशोधनको प्रस्ताव ल्याओस्। नयाँ ऐन बनाउनुपर्ने हो भने त्यो पनि प्रस्ताव लिएर आओस्। त्यसलाई पारित गर्न हामी तयार छौं। यो लाजमर्दो र बेइज्जतीको कुरा हो। धर्ना शुरु भएको ७२ घण्टा भइसक्दा पनि नदेखेजस्तो गरी सरकार बसेको छ। यो देशको कुरा हो। हामी सबैले ऐक्यबद्धता व्यक्त गरौं। देशभरबाट यो सामाजिक आन्दोलनलाई साथ दिऊँ। हाम्रो देश र सन्ततिको भविष्य बारेमा एक होऊँ भन्ने आग्रह गर्छु।’

अध्यक्ष लिङदेनले देशको भविष्य र सन्ततिको भविष्यका लागि वैज्ञानिक पुनले राखेका माग सम्बोधन गर्न ढिलाइ नगर्न पनि सरकारलाई चेतावनी दिए। त्यस अवसरमा बोल्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले आगामी आवमा विकास बजेटको एक प्रतिशत बजेट अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोषमा छुट्याउन सरकारसँग माग गरे। उनले मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउन आफूहरूले आन्दोलन गर्नुपरेको पनि पटकपटक दोहोर्‍याए।

169 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal