महावीर पुन नेतृत्वको आन्दोलनमा राप्रपाको पनि समर्थन

२०८० बैशाख १७ गते, आईतवार

काठमाडौँ । काठमाडौंको माइतीघर मण्डलामा भइरहेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि जारी सामाजिक आन्दोलन र धर्ना कार्यक्रमप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समर्थन जनाएको छ।

आइतवार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको टोली धर्ना कार्यक्रमस्थल पुगेर राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनप्रति आफ्नो पार्टीको साथ, सहयोग र समर्थन रहिरहने प्रतिबद्धता समेत व्यक्त गरे। त्यस अवसरमा उनले देशका लागि शुरु गरिएको सामाजिक आन्दोलन तथा धर्ना कार्यक्रममा साथ दिन पनि देशवासीलाई अपिल गरे।

अध्यक्ष लिङदेनले आन्दोलनको माग देशका लागि भएकाले तत्काल सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरे। उनले उक्त माग पूरा गराउन बाध्य पार्ने गरी आन्दोलनको आँधीबेहरी सृजना गर्न पनि सिंगो देशवासीलाई आग्रह गरे। अध्यक्ष लिङदेनले संसद्‌मा पूरा गर्नुपर्ने माग हो भनेर भ्रम छर्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराए।

उनले भने, ‘सरकार पक्षका मानिसरूले आएर भ्रम छरेजस्तो बुझ्न पाएँ। यो त संसद्‌ले गर्नुपर्ने हो। मैले के गरौं भनेर प्रधानमन्त्रीले भनेजस्तो लाग्यो। संसद्‌मा लैजानुपर्ने विषय छैनन् यसमा। सार्वजनिक खरिद ऐनले कुनै समस्या पार्छ भने त्यो खरिद ऐन सरकारले संशोधनको प्रस्ताव संसद्‌मा ल्याओस् हामी भोलि पास गर्न तयार छौं। सरकारले ऐनमा कुनै समस्या भए संशोधनको प्रस्ताव ल्याओस्। नयाँ ऐन बनाउनुपर्ने हो भने त्यो पनि प्रस्ताव लिएर आओस्। त्यसलाई पारित गर्न हामी तयार छौं। यो लाजमर्दो र बेइज्जतीको कुरा हो। धर्ना शुरु भएको ७२ घण्टा भइसक्दा पनि नदेखेजस्तो गरी सरकार बसेको छ। यो देशको कुरा हो। हामी सबैले ऐक्यबद्धता व्यक्त गरौं। देशभरबाट यो सामाजिक आन्दोलनलाई साथ दिऊँ। हाम्रो देश र सन्ततिको भविष्य बारेमा एक होऊँ भन्ने आग्रह गर्छु।’

अध्यक्ष लिङदेनले देशको भविष्य र सन्ततिको भविष्यका लागि वैज्ञानिक पुनले राखेका माग सम्बोधन गर्न ढिलाइ नगर्न पनि सरकारलाई चेतावनी दिए। त्यस अवसरमा बोल्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले आगामी आवमा विकास बजेटको एक प्रतिशत बजेट अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोषमा छुट्याउन सरकारसँग माग गरे। उनले मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउन आफूहरूले आन्दोलन गर्नुपरेको पनि पटकपटक दोहोर्‍याए।

32 Views

ताजा

शिक्षकहरुको काठमाडौंमा वृहत सडक आन्दोलन

२०८० आश्विन ३ गते, बुधबार

शिक्षकहरुको काठमाडौंमा वृहत सडक आन्दोलन

२०८० आश्विन ३ गते, बुधबार

एमालेको राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम

२०८० आश्विन ३ गते, बुधबार

संविधानले सम्झिएका सुशील र सुवास

२०८० आश्विन ३ गते, बुधबार

आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछः राष्ट्रपति पौडेल

२०८० आश्विन ३ गते, बुधबार

संविधानको कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्न सरकार प्रतिबद्ध छःः प्रधानमन्त्री दाहाल

२०८० आश्विन ३ गते, बुधबार

मुलुकलाई संविधानले समृद्धितर्फ अघि बढ्न दिशानिर्देश गरेको छः देउवा

२०८० आश्विन ३ गते, बुधबार

आज संविधान दिवस, सार्वजनिक विदा

२०८० आश्विन ३ गते, बुधबार

आजदेखि काठमाडौंमा २५ वटा द्रुत बस सञ्चालनमा, ‘रातो बत्ती’मा पनि नरोकिने

२०८० आश्विन ३ गते, बुधबार

हत्या, हिंसाले भयानक रुप लिने चिन्ता !

२०८० आश्विन २ गते, मंगलवार

३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरू

२०८० आश्विन २ गते, मंगलवार

लोकप्रिय

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’

२०७९ पुष ८ गते, शुक्रबार

भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….

२०७९ आश्विन ४ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal