तराईबाट पहाड र हिमाल चढ्दै औलो
काठमाडौं । ‘शून्य औलो अबको थालनीः नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामुलक कार्यक्रम गरी मनाइँदै छ ।
विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रुपमा मनाउँदै आएका छन् ।
नेपालले विश्व समुदायमा गरेको प्रतिबद्धता अनुसार सन् २०२५ सम्म औलो निवारण गर्ने अति महत्त्वाकाङ्क्षी लक्ष्य लिएको छ । सो लक्ष्य अनुसार औलो निवारण गर्न नेपालसँग मात्र तीन वर्षको समयसिमा बाँकी छ । यसमा पनि स्थानीय औलोका बिरामी र औलोबाट हुने मृत्युलाई शून्यमा झार्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लक्ष्य निर्धारण गरेको छ ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, एन।टि।डी तथा किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहाल औलो रोग निवारण गर्न आयतित औलो चुनौतीका रुपमा रहेको बताउँछन् । उनी भन्छन् , ‘पछिल्लो समय औलोको जोखिम तराइमा मात्र होइन पहाड र हिमाली क्षेत्रमा समेत देखिएको छ । यसमा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा बारम्बार औलोका बिरामी भेटिएका छन् ।’
उनका अनुसार आयतित औलो निवारण नै नेपालका लागि मुख्य चुनौती हो । यस बाहेक पनि औलोको परीक्षण नहुनु, भारतसँगको खुल्ला सिमाना र भौगोलिक विकटता औलो निवारणको चुनौती हुन । उनले भने, ‘चुनौतीका बाबजुत यस वर्षदेखि लगातार तीन वर्ष स्थानीय औलोका बिरामीको सङ्ख्या शून्यमा झार्न लागि परेका छौ ।
नेपालमा विगत एक सय वर्षदेखि औलोको समस्या देखिँदै आएको जनाइएको छ । यस रोगका बिरामीमा पक्षघात र मष्तिस्काघातको जोखिम हुने गर्दछ ।
शाखा प्रमुख डा दाहालका अनुसार सन् २०२२ मा औलोका पाँच सय १२ बिरामी भेटिएका थिए । तीमध्ये ४७६ बिरामी अन्य देशबाट औलो सङ्क्रमित भएर आएका र बाँकी ३६ स्थानीय बिरामी रहेका थिए ।
सन् २०१५ सम्म हजार भन्दामाथि औलोबाट प्रभावित भएका थिए । सन् २०१६ मा औलोबाट तीन जनाको अकाल मृत्यु भएको थियो । सन् २०२१ सम्म एक जनाको मृत्यु भयो । औलोको धेरै बिरामी सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा भेटिदै आएको शाखाको तथ्याङ्कमा उल्लेख छ ।
चिकित्सकका अनुसार औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । औलो सङक्रमित ‘एनोफिलस’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा शेरबहादुर पुन भन्छन्, ‘औलो समान्य र कडा लक्षण सहितका हुन सक्छन । औलो सङ्क्रमण भएको सात देखि ३० दिनसम्म औलोको लक्षण देखिन सक्छ ।’
उनका अनुसार सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्ने , वान्ता हुने लक्षण देखिन्छ । लक्षण देखिएका व्यक्तिले तत्काल स्वास्थ्य परीक्षण गराउन उनको सुझाव छ ।
उनका अनुसार ‘फाल्सिफारम’ र ‘भाइभेक्स’ औलो धेरै देखिने गरेको छ । फाल्सिफारम बढी घातक मानिन्छ । उनका अनुसार औलोका कारण गम्भीर स्वास्थ्य समस्या र बिरामीको मृत्युको जोखिम समेत हुन्छ ।
डा पुन भन्छन्, ‘औलो सङ्क्रमितलाई जाडो, गर्मी र पसिना आउने तीन चरण देखिन्छ । औलो कडा हुँदै गएमा जण्डिस देखापर्छ, कलेजो सुनिन्ने, मिर्गौला र श्वास प्रश्वासमा समस्या देखिएर मृत्युसम्मको जोखिम हुन्छ ।’
फाल्सिफारमका लागि औलोविरुद्ध औषधिको प्रयोगबाट औलोको उपचार गरिन्छ । गर्मी र वर्षायाममा लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकको सुझाब छ । (रासस)
ताजा
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का
२०८३ जेष्ठ १७ गते, आईतवार
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का
२०८३ जेष्ठ १७ गते, आईतवार
काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन
२०८३ जेष्ठ १७ गते, आईतवार
ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक
२०८३ जेष्ठ १७ गते, आईतवार
चाँगुनारायण नगरपालिका अब ‘योगनगर’
२०८३ जेष्ठ १७ गते, आईतवार
स्रष्टा नेपालको यात्रा भिमानमा ‘उज्यालो औंसी’ माथि चर्चा
२०८३ जेष्ठ १७ गते, आईतवार
नेपालको बलियो बजेटको लक्ष्य नै धनी र गरिबबीच अन्तर साँघरो बनाउने भन्ने थियो, त्यो लक्ष्य कहाँ पुग्यो ?
२०८३ जेष्ठ १७ गते, आईतवार
बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज
२०८३ जेष्ठ १५ गते, शुक्रबार
बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर
२०८३ जेष्ठ १५ गते, शुक्रबार
बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा
२०८३ जेष्ठ १५ गते, शुक्रबार
चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव
२०८३ जेष्ठ १५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





