अडियो प्रकरणः रास्वपाका सांसदले मागे माफी
२०७९ चैत्र २७ गते, सोमबार
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदको अडियो प्रकरणले समग्र प्रतिनिधिसभा र सांसदहरुको सम्मानमा चोट पुगेको भन्दै माफी मागेको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको विषयमा पार्टीले अनुसन्धान सुरु गरिसकेको जानकारी दिदै यसका कारण प्रतिनिधिसभा र सांसदहरुको सम्मानमा चोट पुगेको भन्दै माफी मागेका हुन्।
यस घटनालाई गम्भीर रुपमा लिएको र अडियो सार्वजनिक भए लगतै ३ दिनभित्र प्रतिवेदन दिन अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको उनले जानकारी दिए।
68 Views