तनहुँ १ मा रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार

२०७९ चैत्र १७ गते, शुक्रबार

काठमाडौं । तनहुँ १ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार तय गरेको छ । त्यहाँबाट बिहीबार मात्र पार्टी प्रवेश गरेका डा. स्वर्णिम वाग्ले चुनाव लड्ने निश्चित भएको हो ।

रास्वपाले बिहीबार उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गर्दा तीन जनाको नाम थियो । अन्य दुई जनाले आफ्नो नाम फिर्ता लिएपछि डा. वाग्लेलाई उम्मेदवार बनाउने तय भएको रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘उम्मेदवारहरूको छलफलपछि, अन्य उम्मेदवार सबैले स्वर्णिम वाग्लेलाई समर्थन गर्नु भएको छ र प्रारम्भिक निर्वाचनका लागि उहाँको उम्मेदवारी अब निर्विरोध भएको छ ।’

उता चितवन २ मा भने पार्टी सभापति रवि लामिछाने उम्मेदवार तय भइसकेका छन् । बारा २ मा भने रमेश खरेललगायतको नाम प्रारम्भिक सूचीमा छ । त्यहाँबाट खरेल नै उम्मेदवार हुने सम्भावना छ ।

194 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक

२०८३ श्रावण ११ गते, सोमबार

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक

२०८३ श्रावण ११ गते, सोमबार

मःमभित्र कपाल, कारवाही होला त ?

२०८३ श्रावण ११ गते, सोमबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal