उपनिर्वाचनका लागि मतदाता नामावली सार्वजनिक
काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ।
आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार उपनिर्वाचनका लागि देशभर एक करोड ८० लाख एक हजार ५६६ मतदाता कायम भएको जानकारी दिए। जसमा पुरुष ९१ लाख ४९ हजार ३३५, महिला ८८ लाख ५२ हजार ४६ र अन्य १८५ जना छन्।
आयोगले आज उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत गरेको हो। वैशाख १० गते हुने उपनिर्वाचन हुने ३ क्षेत्र तनहुँ १, चितवन २ र बारा २ मा ३ लाख ५३ हजार २४८ जना मतदाताले मतदान गर्न पाउने भएका छन्।
तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा १ लाख २३ हजार ३०५, चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा १ लाख २४ हजार ६९५ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा १ लाख ५ हजार २४८ मतदाता कायम भएका निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार गत मंसिर ४ को निर्वाचनपछि चितवन क्षेत्र नं. २ मा ४७० जना मतदाता थपिएका छन्। बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २३७ जना थपिएका छन् भने तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा १८५ जना मतदाता घटेका छन्।
उपनिर्वाचन हुने तीन जिल्लाका लागि १९४ मतदानस्थल र ४२७ मतदान केन्द्र कायम भएको छ। सो अनुसार बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ८२ मतदानस्थलमा १३७ मतदान केन्द्र, चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ४३ वटा मतदानस्थलमा १३८ मतदान केन्द्र र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र तोकिएको छ।
उपचुनावलाई ध्यानमा राखेर चितवन जिल्लामा २०७९ फागुन १ गतेदेखि तथा बारा र तनहुँ जिल्लामा चैत ६ गतेदेखि लागू हुने गरी अनलाइन प्रणालीमा आधारित मतदाता नामावली दर्ता र बाहिरी जिल्ला दर्ता स्थगन गरिएको आयोगका प्रवक्ता पौड्यालले जानकारी दिए।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





