नेपालमा ६६ लाख ६६ हजार परिवार

२०७९ चैत्र १० गते, शुक्रबार

काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ को नतिजा नेपालमा ६६ लाख ६६ हजार परिवार रहेको देखिएको छ। सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सार्वजनिक गरेको जनसंख्याको अन्तिम नतिजाअनुसार २१ लाख परिवारका मुली महिला रहेका छन्। २०६८ सालको भन्दा महिला मुलीको संख्या बढेको विभागले जनाएको छ। यस्तै परिवारमा ११।८ प्रतिशत महिलाको नाममा घर र जग्गा दुवै रहेको छ जुन २०६८ सालको तुलनामा १।१ प्रतिशत बिन्दुले बढी हो ।

एकल परिवार ६० हजार ८४१ र संयुक्त परिवार ६ हजार ९६ रहेका छन्। एक परिवार बसोबास गर्ने सदस्य औसतमा ४।३७ जना रहेको छ। परिवारको औसत आकार घट्दै गएको बताइएको छ। अहिले परिवारको औसत आकार चारभन्दा केही बढी रहेको बताइएको छ। मधेसमा एक परिवारमा पाँच जनाभन्दा बढी रहेका छन् भने गण्डकीमा ४ भन्दा पनि कम जनसंख्या रहेको देखिएको छ । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।

212 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

२०८३ श्रावण १८ गते, सोमबार

गीति एल्बम ‘जागृति’ लोकार्पण

२०८३ श्रावण १८ गते, सोमबार

सिरानचोक गाउँपालिका पूर्व अध्यक्ष गुरुङलाई सम्मान

२०८३ श्रावण १८ गते, सोमबार

पुनः भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौँ उपत्यकालगायत धेरै भूभागमा विहानैदेखि वर्षा

२०८३ श्रावण १८ गते, सोमबार

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा सवारी आवागमन बन्द

२०८३ श्रावण १८ गते, सोमबार

निर्मला पन्तदेखि सहकारी पीडितसम्म : राष्ट्रिय मुद्दामा आवाज उठाउँदै MDR Team

२०८३ श्रावण १७ गते, आईतवार

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal