‘अस्फाल्ट’ प्रविधिमा नेपालगञ्जमा सडक कालोपत्र गरिँदै

२०७९ चैत्र ९ गते, बिहीबार

नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतका सडक कालापत्रे गर्दा ‘अस्फाल्ट’ प्रविधि अपनाइएको छ।

उपमहानगरका भित्री तथा बाइपास सडकमा उक्त प्रविधि प्रयोग गरी कालोपत्र गरिएको वडा नं १८ का वडाध्यक्ष दीपक वर्माले जानकारी दिए। “अस्फाल्ट प्रविधि गरी कालोपत्रे सुरु गरिएकोमा केही ठाउँमा काम सकिएको छ, केही ठाउँमा काम अझै जारी छ”, उनले भने।

उनका अनुसार उपमहानगरपालिकाको सोल्टी होटेल, लग्दहवा हुँदै बाइपास रोडको दुई किलोमिटर सडकमा अस्फाल्ट प्रविधिमार्फत कालोपत्र गरिएको छ। वडा नं १८ स्थित भाटभटेनीदेखि पश्चिम श्रीनगर टोलसम्म दुई सय ७० मिटर र प्रहरी तालिम केन्द्र पश्चिम सगरमाथा स्कुल हुँदै दीपनगरटोसम्म एक मिटर सडक कालोपत्र गरिएको हो। विभिन्न टोलमा थप कालोपत्र, पिसीसी तथा आरसीसी नालासहित माटो ग्राबेलको काम जारी रहेको वडाध्यक्ष वर्माका भनाइ छ।

स्थानीय पुष्पलालचोकदेखि जमुनाह सडक कालापत्रे गर्न पनि अस्फाल्ट प्रविधि अपनाइएको छ। सडक डिभिजन कार्यालय, नेपालगञ्जका सूचना अधिकारी इञ्जिनियर जनकबहादुर धामीले काम गर्न सजिलो र लामो समयसम्म टिक्ने कालोपत्र हुने भएकाले नयाँ अस्फाल्ट प्रविधिको प्रयोग गरिएका बताए।

उनले यस प्रविधिमार्फत गरिएको कालोपत्र सडक कम्तीमा सात वर्षसम्म टिकाउ हुने बताए।

185 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

झडप र तनावपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

२०८३ श्रावण ११ गते, सोमबार

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक

२०८३ श्रावण ११ गते, सोमबार

मःमभित्र कपाल, कारवाही होला त ?

२०८३ श्रावण ११ गते, सोमबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal