इमरान खानलाई आत्मसमर्पण गर्न अदालतको आदेश

२०७९ चैत्र ३ गते, शुक्रबार

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध अदालतले गिरफ्तारी दिन आग्रह गरेको छ।

खानलाई पक्राउ गर्न गएको प्रहरीलाई समर्थकहरुले घेराबन्दी गरेर फर्काइदिएपछि अदालतले आफैँ उपस्थित भएर आत्मसमर्पण गर्न आदेश दिएको हो। त्यसो नगरे प्रहरीले पक्राउ गरेर उपस्थित गराउने भन्दै अदालतले गिरफ्तारीको वारेन्ट रद्द नहुने दोहोर्‍याएर खानमाथि दबाब बढाएको हो। इस्लामावाद उच्च अदालतमा खानको गिरफ्तारी वारेन्ट रद्द गर्न माग गर्दै परेको रिटमा अदालतले यस्तो आदेश दिएको हो।

खानविरुद्ध अहिले सरकारी संरक्षित खजना सस्तो मूल्यमा खरिद गरेर अर्बौँ रुपैयाँ बिक्री गरेको आरोपमा अदालतले गिरफ्तारीको आदेश दिएको थियो। यसअघि अदालतको मानहानी, न्यायाधीशहरुविरुद्ध खराब अभिव्यक्ति, राज्यद्रोहलगायतक कयौँ मुद्दा खानविरुद्ध दर्ता भएका छन्।

तर, पछिल्लो पटक सरकारी खजानाको मुद्दामा इस्लामावाद उच्च अदालतले तत्काल पक्राउ गर्न आदेश दिएपछि खानको घर पार्टी कार्यकर्ताहरुले घेरा हालेर प्रहरीलाई पक्राउ गर्न दिएका थिएनन्।
त्यसबाहेक गिरफ्तारीविरुद्ध परेको रिटसमेत अदालतले खारेज गरिदिएपछि खानमाथि दबाब बढेको हो। (एजेन्सी)

207 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

२०८३ श्रावण १८ गते, सोमबार

गीति एल्बम ‘जागृति’ लोकार्पण

२०८३ श्रावण १८ गते, सोमबार

सिरानचोक गाउँपालिका पूर्व अध्यक्ष गुरुङलाई सम्मान

२०८३ श्रावण १८ गते, सोमबार

पुनः भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौँ उपत्यकालगायत धेरै भूभागमा विहानैदेखि वर्षा

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal