खुला विश्वविद्यालयद्वारा अभिमुखीकरण कार्यक्रम सम्पन्न

२०७९ फाल्गुन २९ गते, सोमबार

काठमाडौं । नेपाल खुला विश्वविद्यालयले सञ्चालन गर्न गइरहेको गाइडेन्स एण्ड काउन्सिलिङ र आइसिटी एण्ड सेन्चुरी स्किल्ससम्वन्धी कार्यशाला आइतबार पर्साको बीरगंजमा सम्पन्न भएको छ ।

कार्यक्रम संयोजक डा।अनिला झा तथा सहायक प्राध्यापक निर्मला सुबेदीले सो विषयमा प्रस्तुति दिएका थिए । बीरगंजको ग्लोबल विजनेस कलेजमा भएको कार्यक्रममा उत्साहपूर्वक सहभागिता भएको आयोजकले जनाएको छ । कार्यक्रममा ग्लोवल विजनेस तथा अन्य कलेजका प्राध्यापक, सह– प्राध्यापक, विद्यार्थी तथा शिक्षासेवीलगायतको उपस्थिति रहेको थियो । डा।अनिला झाले नेपाल खुला विश्वविद्यालयमा विभिन्न कार्यक्रम तथा शिक्षण पद्धतिका साथै शिक्षा तथा शिक्षणमा प्रविधिको महत्वको विषयमा जानकारी दिएका थिए । उनले यी दुइवटा विषयको महत्वको र उपयोगिताको बारेमा पनि चर्चा गरेका थिए ।

सहायक प्राध्यापक सुबेदीले नेपाल खुला विश्वविद्यालयमा सञ्चालन भइरहेका कार्यक्रम तथा आगामी दिनमा आउन लागेको कार्यक्रमसम्वन्धी जानकारी दिएकी थिइन् । सुवेदीले यस प्रकारका कार्यक्रम देशैभर सञ्चालन गर्ने र यस विषयमा सबैलाई जानकारी दिने लक्ष्य रहेको बताइन् । ग्लोवल विजनेस कलेजका प्रिन्सिपल तथा डाइरेक्टर श्रीराम दासले शिक्षासँग जोडेर कतिपय नीति र ऐनहरु कागजमा मात्रै सीमित रहेको तर व्यहारमा आउन नसकेको बताए ।

रोयल एकेडेमीका विजया ओझैयाले गाइडेन्स एण्ड काउन्सिलिङका विभिन्न पक्षमा प्रकाश पारेका थिए ।

241 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

२०८३ श्रावण १८ गते, सोमबार

गीति एल्बम ‘जागृति’ लोकार्पण

२०८३ श्रावण १८ गते, सोमबार

सिरानचोक गाउँपालिका पूर्व अध्यक्ष गुरुङलाई सम्मान

२०८३ श्रावण १८ गते, सोमबार

पुनः भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौँ उपत्यकालगायत धेरै भूभागमा विहानैदेखि वर्षा

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal