जलरङमा सजियो ‘मृगस्थली’

२०७९ फाल्गुन २१ गते, आईतवार

काठमाडौँ । विश्वसम्पदा सूचीमा रहेको पाशुपत क्षेत्रअन्तर्गतको मृगस्थलीमा त्यहाँका सम्पदाहरूलाई कलाकारहरूले विभिन्न कोणबाट ​क्यान्भासमा उतारेका छन् । यहाँको धार्मिक, पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेका संरचनालाई जलरङका माध्यामबाट कलाकारले आफ्नो सिर्जनालाई निखारेका हुन् ।

शनिबार यहाँ आज युवाहरूको जमात बाक्लो थियो । त्यसो त वयस्क तथा ज्येष्ठ नागरिक र बालबालिका पनि रमाइरहेका मृगस्थलीको अर्को छेउमा मृग प्रजातिका जरायोलगायतका जनावरलाई जालीले घेरेर राखिएका थिए । त्यही बीचमा मन्दिर तथा देवालयलगायतका संरचना र त्यसमा बुँदिएका आकर्षक बट्ट्यान लोभिने खालका छन् । त्यही दृष्यलाई जलरङले दुरुस्त उर्तार्दै थिए कलाकार कान्छाकाजी भासिमा । उनले पृष्टभूमिमा मन्दिरलाई राखेर आफूसँगै कला सिर्जनामा तल्लीन आफ्ना साथीभाइकै दृष्यलाई क्यान्भासमा जलरङले आकार दिए ।

स्वस्थानी कथाका अनुसार पनि महादेव भेष बदलेर विचरण गर्ने ठाउँ भएकाले पनि मृगस्थलीको महत्व बढी छ । धार्मिक पर्यटक यहाँ टेक्दा पनि पवित्र मान्छन् । आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति रहने मृगस्थलीलाई कलाकारका समुले क्यान्भासमा दुरुस्त पारेका हुन् । “यहाँका दृष्य उतार्न औँधी रमाइलो लाग्ने, जहाँ देख्यो त्यहीँ सिर्जना गर्न सकिने खालको छ”, कलाकार भासिमाले भने । मृगस्थली धार्मिक, ऐतिहासिक तथा पुरातात्विक दृष्टिकोणले अति नै महत्व बोकेको भए पनि यहाँको भौतिक संरचनाको जीर्णावस्थाले मन उद्देलित हुने खालको छ । साना साना देवालय र त्यसका संरचना तथा विश्वरुपा मन्दिर, गोरखनाथ पीठ तथा योगी नरहरीनाथ स्मृति पुस्तकालयको अवस्था दयनीय रहेको छ । देवालयहरू बीचबाट चिरिएका भए पनि पुनःसंरचना हुन सकेको छैन ।

त्यही एक किनारामा चित्र सिर्जना गर्न बसेका अर्का कलाकार विक्रम प्रजापतिले पनि मन्दिर र त्यसमा कुँदिएका आकर्षक कलालाई आफ्नो क्यान्भासमा उतारे । उनले लस्करै रहेका मन्दिर तथा देवस्थललाई सोही लयमा रङमार्फत कला भरे । शनिबारीय चित्र सिर्जनामा तल्लिन् प्रजापति भन्छन्, “यसरी ठाउँठाउँमा पुगेर चित्र सिर्जना गर्दा कलामा निखारता आउने र यस्ता चित्रहरूमार्फत त्यस क्षेत्रको प्रवद्र्धन र प्रचारप्रसार हुँदा पर्यटन प्रवद्र्धनमा योगदान मिल्छ ।”

अर्का कलाकार दिवेश प्रधानले यहाँको एउटा मूर्तिलाई आफ्नो आर्ट पेपरमा ढाले । लामो समयदेखि शनिबारीय कला कार्यशालाको संयोजन गर्दै आभएका प्रधानले यसपटक भने त्यो जिम्मेवारी प्रकाश मानन्धरलाई दिएको बताए।

विगतमा उक्त कार्यशालामार्फत कलाकारलाई सिक्ने र सिकाउने काम धेरै भएको बताउने कलाकार प्रधान यसले ऐतिहासिक, पुरातात्विक तथा धार्मिक सम्पदाको प्रचारप्रसार हुने र पर्यटन विकासमा टेवा पुग्ने बताउँछन् । उनले फेसबुकका माध्यमबाट कलाकारलाई जोडेर यसरी शनिबारीय चित्र सिर्जनाको कार्यशाला थालेका थिए ।

कला भनेको त्यस मुलुकको गहना र गौरव हो । कलाको भाषा हुन्न । जुनसुकै भाषाका नागरिकले पनि कला सिर्जनालाई सजिलै बोध गर्छन् । त्ससैले विश्वसामु मुलुकको पहिचान दिने उपयुक्त माध्याम भनेको कला नै हो । नेपाल कलाको खानी भएर पनि राम्ररी प्रचारप्रसार र व्यवस्थित गर्न नसकिएको कलाकारहरू गुनासो गर्छन् ।

शनिबारीय कला सिर्जनाको आजको सिरिजमा कलाकार दिवेश प्रधान, तथागत चित्रकार, खड्गबहादुर नेवार, विक्रम प्रजापति, कान्छाकाजी भासिमा, लक्ष्मीप्रसाद खोटेजालगायतको सहभागिता थियो । यो क्रम केही शनिबार यही मृगस्थली र आसपासका क्षेत्रमा जारी रहने जनाइएको छ । आज पहिलो सिरिजको उद्घाटन गरिएको हो ।

कलाकार प्रधानका अनुसार शनिबारीय कला कार्यशालाअन्तर्गत पछिल्ला केही वर्षमा काठमाडौँ उपत्यकाका तीन दरबार स्क्वायर, पुरातात्विक तथा ऐतिहासिक महत्वको स्वयम्भू, भक्तपुरको चाँगुनारायण, गृहेश्वरीलगायत धेरै धार्मिक तथा ऐतिहासिक क्षेत्रमा कला सिर्जना गरिसकिएको छ । विगतमा कोभिड–१९ लगायत विभिन्न कारणले सिर्जनालाई घरभित्रै सीमित गरिदिएको थियो ।

बीचमा केही समस्या आए पनि कलाकारले कुनै न कुनै माध्यामबाट शनिबारीय सिर्जना अभियानलाई जारी राखेको पनि प्रधान बताउनँछन् । त्यही अभियानको निरन्तरता आजको मृगस्थलीको कला सिरिज भएको उनले बताए । यहाँको पशुपतिनाथको मन्दिरबाट सिँढी उक्लिएपछि आउने मृगस्थली मनोरम प्राकृतिक छटाले भरिपूर्ण ठाउँ हो ।

पवित्र पाशुपत क्षेत्रको मृगस्थलीको नाम लिने वित्तिकै तीर्थालु वा पर्यटक, जो कोही यहाँको वातावरणको कल्पना गर्न पुग्छन् । तर यहाँ आइपुगेका पर्यटक जीर्ण बनेका भौतिक संरचना देखेर दुःखी हुन्छन् । मन्दिरका बहुमूल्य निधिको संरक्षण हुन नसक्दा र पुनःनिर्माण हुन नसक्दा चिन्तित हुनुपर्ने अवस्था रहेको आएका पर्यटकको प्रतिक्रिया छ । रासस

189 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal