माओवादीले सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने
कैलाली । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन निर्देशन दिएपछि माओवादीले मत दिने भएको हो।
यसअघि हिजो माओवादीको सुदूरपश्चिम संसदीय दलले पत्र लेखेर विश्वासको मत दिनेबारे पार्टीको हाइकमाण्डको प्रतिक्रिया मागेको थियो। त्यसपछि माओवादीका अध्यक्ष दाहालले आठ दलीय गठबन्धन जोगाउन विश्वासको मत दिन निर्देशन दिएपछि विश्वासको मत दिने भएको हो ।
माओवादी सुदूरपश्चिम दलका नेता खगराज भट्टले विश्वासको मत दिन निर्देशन आएको बताउँदै भागवन्डा र पावर सेयरिङको विषय पनि माथिबाट नै टुंगो लागेको बताए।
प्रचण्डको निर्देशनपछि अहिले माओवादी दलको बैठक बसिरहेको छ । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने भएको छ। सो पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले आफूहरूले मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत दिने जानकारी दिए। माघ २६ मा नियुक्त भएका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन्।
ताजा
आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु
२०८२ मंसिर २१ गते, आईतवार
आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु
२०८२ मंसिर २१ गते, आईतवार
इक्यानले सोमबार एजुकेशन फेयर लगाउने
२०८२ मंसिर २१ गते, आईतवार
आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा
२०८२ मंसिर १८ गते, बिहीबार
पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा
२०८२ मंसिर १७ गते, बुधबार
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
२०८२ मंसिर १७ गते, बुधबार
गगन थापाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा
२०८२ मंसिर १७ गते, बुधबार
कुलमानले आज उज्यालो नेपाल पार्टी घोषणा गर्दै
२०८२ मंसिर १७ गते, बुधबार
चर्चित र्यापर भाइबर साइमनको नयाँ गीत “मस्त जवानी” को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)
२०८२ मंसिर १७ गते, बुधबार
तोकिएकै समयमा निर्वाचन हुन्छः गृहमन्त्री अर्याल
२०८२ मंसिर १६ गते, मंगलवार
नवयुवाहरूको आक्रोशलाई भजाउने दुष्प्रयासले देशलाई अझ विग्रहमा लैजान्छः भट्टराई
२०८२ मंसिर १६ गते, मंगलवारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





