स्वर्गीय डा. सुदीपको क्रान्ति विमोचित
काठमाडौं । पेशाले चिकित्सक भएपनि साहित्यिक एवम् सेवाको भावले ओतप्रोत डा. सुदीप अर्यालको औपन्यासिक कृति ‘क्रान्ति’को लोकार्पण गरिएको छ ।
मनोचिकित्सा विशेषज्ञ होनहार युवा डा. अर्यालको पुस्तक उहाँको देहावसानको वर्ष दिनपछि प्रकाशनमा आएको हो । कलिलै उमेरमा स्वर्गवासी बन्नुभएका डा. सुदीप अर्यालले आफ्नो पेशागत कर्म निर्वाहका क्रममा भोगेका अनुभव गरेका घटना सन्दर्भमाथि आधारित उपन्यास ‘क्रान्ति’को आइतबार काठमाडौंमा स्रष्टा स्वर्गीय अर्यालका मातापितासहित विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूबाट संयुक्त रूपमा लोकार्पण गरिएको हो ।
‘स्रष्टाको शरीर नश्वर होला तर अक्षरहरूमा सुरक्षित उसको सिर्जना अमर हुन्छ र युगौँसम्म मानव चेतनालाई अमरत्वको पाठ पढाइरहन्छ । यही शाश्वत यथार्थको एउटा प्रमाण हो हामीलाई कलिलै उमेरमा छोडिगएका मनोचिकित्सक डा। सुदीप अर्यालको अमर सिर्जना, उपन्यास ‘क्रान्ति’ । किशोरावस्था र मनोविज्ञानमा चासो राख्ने सम्पूर्ण पाठकका लागि एउटा रोमाञ्चक सिर्जना हो क्रान्ति । किशोर मनको आवेग, त्यसमाथि अभिभावकहरूको अवरोध, र त्यसले पार्ने गहिरो कुप्रभाव मानव समाजको एउटा सर्वकालिक तर कटु यथार्थ हो । बाबुआमाले किशोरावस्थामा प्रवेश गरेका छोराछोरीको मनोविज्ञानलाई संवेदनशील भइ बुझेर कदम चाल्ने हो भने त्यो आफैमा एउटा क्रान्ति हुनेछ र छोराछोरीले आफूले इच्छ्याएका सफलताका मुकामहरू चुम्नेछन् भन्ने सन्देश उपन्यासले पाठकमाझ प्रस्तुत गरेको छ । चिकित्सा शास्त्र, विशेषगरी मनोचिकित्साका कतिपय प्रसङ्गहरू विशुद्ध साहित्यक परम्परामा अभ्यस्त पाठकहरूका लागि नयाँ चाखका विषय पनि बन्नेछन् ।’
उपरोक्त पङ्क्तिहरू स्वर्गीय डा। सुदीप अर्यालको पुस्तकबारे सोही पुस्तकमै उल्लेख गरिएको पृष्ठबाट उद्धृत गरिएका हुन् । मणिपाल शिक्षण अस्पताल पोखराबाट एमबीबीएस तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान (त्रिवि शिक्षण अस्पताल) बाट मनोचिकित्समा एमडी गरेका अत्यन्त प्रतिभाशाली युवा डा. अर्यालले अल्पायुमै संसारबाट बिदा लिए पनि पेशागत ब्यस्तताका बाबजुद समय व्यवस्थापन गरेर पुस्तकसमेत लेख्न भ्याएका रहेछन् । सोही पुस्तक कृति ‘क्रान्ति’को आइतबार राजधानीमा विमोचन गरिनुका साथै डा। सुदीपको स्मरणमा स्थापना गरिएको ‘डा. सुदीप अर्याल सामाजिक रुपान्तरण पुरस्कार’बाट सुविख्यात चिकित्सक डा. भगवान कोइरालालाई सम्मानित गरियो ।
‘क्रान्ति’ उपन्यासलाई प्रकाशनमा ल्याउने ‘पेज टर्नर प्रा।लि।का अध्यक्ष भरत पौडेलको अध्यक्षतामा आयोजित पुस्तक लोकार्पण एवम् पुरस्कार अर्पण समारोहमा वरिष्ठ साहित्यकार भुवनहरि सिग्देल, सम्मानित व्यक्तित्व डा। भगवान कोइराला, डाक्टर सुदीपका गुरु प्रा.डा. विद्यादेव शर्मा, पर्वतीय साहित्य समाजका अध्यक्ष एवम् चर्चित साहित्यकार प्रतीक ढकालले उपन्यास ‘क्रान्ति’ तथा त्यसका सर्जक स्वर्गीय डा। अर्यालबारे मन्तव्य दिनुभएको थियो भने साहित्य क्षेत्रका बहुआयामिक व्यक्तित्व महेश पौडेलले कृतिमाथि विस्तृत समीक्षात्मक मन्तव्य दिनुभयो । साथै, उपन्यासकी नायिका क्रान्ति अर्थात् रिङ्कु वाग्ले, जसको जीवन(सङ्घर्षमाथि आधारित रही ‘क्रान्ति’ सिर्जना भयो, उनले डा। सुदीप अर्याललाई सम्झँदै समारोहमा दिएको अभिव्यक्तिले उपस्थित सबैलाई भावुक तुल्याएको थियो ।
सुदीप अर्याल स्मृति कोषका संस्थापक दिवंगत सुदीपका आमा(बुबा नियात्राकार सरस्वती अर्यालरपूर्णप्रसाद अर्याल, सुदीपका हजुरआमाद्वय सुभद्रा अर्याल र परमेश्वरी पराजुली, सह(प्राध्यापक डा. प्रतीक्षा तुलाचन, सह(प्राध्यापक डा। सरस्वती ढुङ्गाना, सहायक प्राध्यापक डा. सगुनवल्लभ पन्त, मानसिक अस्पताल लगनखेलका निर्देशक डा. अनन्तप्रसाद अधिकारीका साथै विभिन्न क्षेत्रका व्यक्ति(व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको कार्यक्रम भवानी खतिवडाले सञ्चालन गर्नुभएको थियो ।
ताजा
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
युवा : उमेर होइन, सम्भावनाको नाम हो
२०८३ श्रावण २७ गते, बुधबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





