कर्णालीले उज्यालोको सन्देश देशलाई दिइरहेको छः कांग्रेस महामन्त्री शर्मा

२०७९ फाल्गुन ७ गते, आईतवार

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कर्णाली पछि परे पनि कर्णालीबाट काठमाडौँ र समग्र देशले सिक्नुपर्ने कुरा धेरै रहेको बताएका छन् ।

उनले कर्णालीले जुन सङ्घर्ष र संयमता अपनाएको छ, त्यो कुरा काठमाडौँले सिक्नुपर्ने बताए । आइतबार कर्णालीको राजधानीमा आयोजित कर्णाली उत्सवमा उनले भने, ‘कर्णालीले उज्यालोको सन्देश देशलाई दिइरहेको छ ।’

कर्णालीसँग सबै कुरा नभए पनि संयमतापूर्वक सास फेरेरे बाँचिरहेको बताउँदै शर्माले समाज र संयमतालाई पनि परिवर्तनसँग जोडेर लैजानुपर्ने तर्क राखे । ‘भौतिक रुपमा देशलाई जसरी लानु छ त्योसँगै आध्यात्मिक रूपमा खुसी कर्णालीसँग काठमाडौँले सिक्नुपर्छ,’ शर्माले भने,‘ सामाजिक रूपान्तरणको विषय दल विशेषको भन्दा पनि देश बनाउने विषय बन्नुपर्छ ।’

उनका अनुसार जसमा राजनीतिक आग्रहभन्दा पर राखी साझा रूपमा हेर्नुपर्ने हुन्छ । त्यही विषयलाई सम्बोधन गरेर जानु नै आजको नेपाल बन्नु भएको शर्माको भनाइ छ ।

172 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal