जसरी पनि गठबन्धन बचाउनुपर्छः प्रधानमन्त्री दाहाल

२०७९ माघ २२ गते, आईतवार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलबीचको एकतालाई जसरी पनि बचाउनुपर्छ भन्ने पक्षमा आफू रहेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो। उनले भने, ‘मैले पुरै निर्णय हेर्न पाएको छैन, भर्खरै सुनेँ। मैले बिहानसम्म रवि लामिछानेसँग भएको कुराअनुसार सरकारलाई समर्थन फिर्ता चाहिँ होइन, मन्त्री बाहिर निक्लिने कुरातिर छलफल भइराख्याछ भन्नुहुन्थ्यो ।’ उनले यस विषयमा छलफल गर्ने र समास्या हल गर्नेतिर लाग्ने बताए।

‘अब फेरि हामी छलफल गर्छौँ। यसलाई हल गर्नेतिरै जान्छौँ। मेरो कोशिस त थियो, राष्ट्रिय सहमति नै,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रो सत्ता साझेदारबीचको एकतालाई त जसरी पनि बचाउनु पर्छ भन्ने नै हो मेरो। अदालतको निर्णयपछि पक्कै पनि उहाँहरुलाई अलि असहज त भएकै थियो। अब उहाँसँग फेरि भेटेर कुरा गर्छु।’

182 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal