नेपाल टेलिकम १९औँ वर्षमाः दुई करोड १३ लाख २५ हजार बढी ग्राहक

२०७९ माघ २२ गते, आईतवार

काठमाडौँ । राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि १९औँ वर्षमा प्रवेश गरेको छ ।

वार्षिकोत्सवका अवसरमा टेलिकमले आज बिहान भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालय प्राङ्गणमा विशेष समारोह आयोजना हुने जनाएको छ ।

कम्पनीका प्रवक्ता शोभन अधिकारीका अनुसार कम्पनीले हरेक वर्ष माघ २२ गते आफ्नो वार्षिकोत्सव मनाउने गरेको छ । टेलिकमले मोबाइल टेलिफोन सेवा, जिएसएम, जिपीआरएस, थ्रीजी र फोरजी सेवा दिइरहेको छ । कम्पनीले निश्चित लाइन र मोबाइल टेलिफोन सेवा, ब्रोडब्याण्ड र निश्चित–लाइन इन्टरनेट सेवा इन्टरनेट एसएमएस सेवाहरू उपलब्ध गराएको छ ।

यसैबीच, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टेलिकमको वार्षिकोत्सवका अवसरमा दिनुभएको शुभकामना सन्देशमा ग्रामीण एवं दुर्गम क्षेत्रसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्न आग्रह गर्नुभएको छ ।

उहाँले नवीन प्रविधिको अवलम्बन गरी सुलभ दरमा सुविधा प्रवाह गर्न इन्टरनेट सेवाको पहुँच स्थापित गरी सूचना प्रविधिको उपयोगमार्फत सीपमूलक र ज्ञानमा आधारित शिक्षाको विकास एवं गरिबी न्यूनीकरण गर्ने सरकारको नीतिलाई सफल पार्ने अभियानमा कम्पनी रहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

उहाँले सन्देशमा सूचना तथा सञ्चार क्षेत्रमा भइरहेको नवीन प्रविधि र उपलब्धिलाई अवलम्बन गरी प्रतिस्पर्धात्मक वातावरणमा भरपर्दो, गुणस्तरीय सेवा प्रवाह गर्न एवं सेवाग्राहीले लागतअनुरूपको सेवा उपयोग गर्न पाउने अवसर सिर्जना गर्न कम्पनी अझ दृढतापूर्वक लाग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यस्तै, सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले स्थापनाकालदेखि नै ग्राहक वर्गलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको कम्पनीले आगामी दिनमा अझ बढी स्तरीय, भरपर्दो र सुलभ सेवा प्रदान गर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीको उत्कृष्ट पूर्वाधार र नेटवर्क तथा साधन, स्रोत एवं मानव शक्तिको उच्चतम प्रयोग गरी ग्राहक सन्तुष्टि कायम राख्दै कम्पनीलाई सेवाग्राहीको पहिलो रोजाइ बनाउन भरमग्दुर प्रयास गरिने प्रतिबद्धता जनाउनुभएको छ ।

विसं २०३२ असार १ गते नेपाल दूरसञ्चार संस्थानको रूपमा भएता पनि २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएको थियो । विसं २०६१ देखि यसलाई नेपाल टेलिकम भन्न थालियो । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको टेलिकम विसं २०६१ वैशाख १ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा रूपान्तरण गरियो ।

कम्पनीको आर्थिक वर्ष २०७८र८९ को कुल राजस्व रु ४४ अर्ब ३७ करोड छ, जसमा खुद नाफा रु आठ अर्ब ४७ करोड रहेको छ । कम्पनीको ग्राहक सेवा भ्वाइस सेवातर्फ २०७९ मङ्सिरसम्मको विवरणमा दुई करोड १३ लाख २५ हजारभन्दा बढिरहेको छ । सोमध्ये जीएसएम मोबाइल ग्राहक दुई करोड एक लाख ६८ हजार, एडिएसएल सेवाका चार लाख ३७ हजार र पिएसटीएन सेवाका चार लाख ५५ हजार रहेका छन् ।

त्यसैगरी, एफटिटीएच भ्वाइस सेवाका ग्राहक दुई लाख ४७ हजार एक सय १४ छन् भने एफटिटीएच डाटाका ग्राहक दुई लाख ११ हजार पाँच सय ७९ रहेका छन् । यो अवधिमा फोरजी प्रयोगकर्ता एक करोड १५ लाख ५० हजार छन् । सन् २०२३ मा फाइभजी परीक्षण प्रारम्भ भएको छ ।

विसं २०७९ असोज महिनाको नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस प्रतिवेदनअनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा कुल ५२।२४ प्रतिशत रहेको छ ।

टेलिकमका अनुसार हालसम्म देशका ७७ वटै जिल्लाका सात सय ३९ स्थानीय तहमा फोरजी एफटीइ सेवाको पहुँच स्थापित भएको छ । फोरजी विस्तार कार्य हालसम्म ९८ प्रतिशत सम्पन्न भइसकेको छ ।

टेलिकमले देशभरमा पिएसटीएन, सिडिएमएलगायत आधारभूत टेलिफोन र जिएसएम र सिडीएमएजस्ता मोबाइल सेवा प्रदान प्रदान गर्ने गरेको छ ।

इन्टरनेट सेवामा डायल–अप आइएसडीएम र सिडीएमएजस्ता मोबाइल सेवा प्रदान गर्ने गरेको टेलिकमले इन्टरनेट सेवामा डायल–अप आइएसडीएन लिज्ड एडिएसएल इन्टरनेट र स्काइ डाटामार्फत वायरलेस इन्टरनेट सेवा प्रदान गर्ने गर्दछ ।

बैङ्क तथा विभिन्न निकायलाई तथ्याङ्क आदान–प्रदान गर्न लिज्ड सर्किटको सेवासमेत टेलिकमले दिने गरेको छ । कम्पनीमा हाल करिब चार हजार कर्मचारी कार्यरत छन् ।

विसं १९७० मा काठमाडौँमा म्याग्नेटो सिस्टमको स्थापना भई नेपालमा दूरसञ्चार सेवाको थालनी भएको थियो । रासस

270 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal