उच्च शिक्षा अध्ययनका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य हुन्छः ओली

२०७९ माघ २० गते, शुक्रबार

दमक । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च शिक्षा अध्ययनका लागि विदेश जानु पर्ने अवस्थाको अन्त्य हुने बताउनु भएको छ ।

झापाको दमक ४ मा शुक्रबार प्राविधिक तथा व्यवसायीक तालिम परिषदको आंगिक प्राविधिक शिक्षालय भवनको शिलान्यासका क्रममा उहाँले यस्तो बताउनु भएको हो ।

अब जीवन र जिविकासँग जोडिएको शिक्षालाई सर्वसाधारणको पहुँचमा पुर्याउनु पर्नेमा जोड दिँदै उहाँले प्रमाणपत्र मात्र पाउने शिक्षाले जीवनलाई परिवर्तन गर्न नसक्ने पनि बताउनुभयो। आफ्नो गृहनगरमा निर्माण हुने सो भवनको शिलान्यास कार्यक्रममा अध्यक्ष ओलीले यहाँका सवै विकास, आवश्यकता र योजनाहरुका बारेमा आफू जानकार रहेको र बाँकी आवश्यकता पूर्तीमा पनि लागिरहेको उल्लेख गर्नुभयो। शिक्षालय भवनसम्म आउने सडक कालोपत्रे अब तुरुन्तै हुने भन्दै कसैले रोक्न चाहेर पनि त्यो योजना नरोकिने उहाँले बताउनुभयो। सो क्रममा ओलीले शिक्षालयको भवन तोकिएकै समयमा पूरा गर्न समेत निर्देशन दिनुभयो भने भवन निर्माणका लागि जग्गा दान गर्ने दाताहरुलाई सम्मान समेत गर्नु भएको थियो ।

कार्यक्रममा दमक नगरपालिकाका नगरप्रमुख राम थापाले केही योजनाहरु निर्माण शुरु भएर पनि निर्माण व्यवसायीको ढिलासुस्तीले पूरा हुन नसकेको बताउनुभयो । उहाँले पूर्व प्रधानमन्त्री ओली समक्ष त्यस्ता योजनाहरुको निर्माणलाई तिव्रता दिने वातावरण बनाई दिन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की, संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी, सिटीईभिटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, सदस्य सचिव जीवनारायण काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

232 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal