अब सबै दलको लडाई राष्ट्रपतिमा पर्छः चित्रबहादुर केसी

२०७९ माघ ७ गते, शनिबार

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले अब सबै राजनीतिक दलहरूको लडाई राष्ट्रपति कसलाई बनाउने भन्नेमा पर्ने बताएका छन् । शनिवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले यस्तो बताएका हुन् ।

सांसद केसीले भने–‘सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ । कम्फर्टेबल सभामुख चाहिन्छ । त्यसले गर्दा राष्ट्रपतिले, सभामुखले दूधको–दूध, पानीको पानी नियम अनुसार निर्णय गर्न सक्छ रु सक्दैन । यो रोगबाट हामी मुक्त हुनुपर्छ । हामीले संसदीय प्रणालीको बखान गर्न नथाक्ने अनि त्यसको नियमलाई प्रणालीलाई नमान्ने भएपछि वास्तवमा हामीले यो संसद्लाई राम्रोसँग चलाउन सक्दैनौँ ।’

उनले पार्टीका नेताहरूले गरेको कुरा सुन्दा उपसभामुखको उम्मेदवार सभामुखको जस्तो भएको बताए । उपसभामुखको अधिकार के हुन्छ र बखान गरेको ? भन्दै उनले प्रश्न समेत गरे ।

नेपाल पितृसत्तात्मक देश भएको उल्लेख गर्दै महिलालाई अझै दोस्रो दर्जाको व्यवहार गर्ने गरिएको बताउँदै हरेक पदमा महिलालाई महिलासँग प्रतिस्पर्धी गराउनुपर्ने, दलितको कोटामा दलितसँग नै प्रतिस्पर्धा गराउनुपर्ने बताए । महिलामाथि भएको विभेद महिलाले मात्रै हटाउन सक्ने बताउँदै उनले पुरुषले गराउन नसक्ने बताए ।

137 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal