पेलेलाई अन्तिम बिदाइ गर्न उर्लियो जनसागर

२०७९ पुष १९ गते, मंगलवार

बिबिसी ब्रजिलमा पेलेप्रति सम्मान प्रकट गर्न हजारौँ मानिसहरू उनले पहिला खेलेको फुटबल क्लब सान्तोसको मैदानमा भेला भएका छन्। त्यहाँ पेलेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको छ।

पेलेको शवपेटिका साओ पाउलोस्थित उर्बानो काल्देरा रङ्गशालाको बीचमा राखिएको छ र त्यहाँसम्म जान मानिसहरू सडकदेखि नै पङ्क्तिबद्ध भएका छन्। तीन पटकको विश्वकप विजेता पेलेको ८२ वर्षको उमेरमा गत साता निधन भएको थियो । मङ्गलवार उनलाई समाधिस्थ गर्नुअघि सान्तोसमा उनको शवयात्रा निस्किनेछ।
“हामी विश्वका हरेक देशलाई आफ्नो एउटा फुटबल रङ्गशालाको नाम पेलेको नाममा राख्न आग्रह गर्नेछौँ,“ श्रद्धाञ्जलि अर्पण गर्न पुगेका फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले भने। पेलेको निधनपछि ब्रजिल सरकारले तीनदिने राष्ट्रिय शोकको घोषणा गरेको छ। विश्वकै सबैभन्दा महान् खेलाडीमध्ये एक मानिने पेलेलाई ठूलो आन्द्राको क्यान्सर भएको थियो।

‘पेलेजस्तो अरू कोही हुनेछैन’
सोमवार बिहान शववाहन रङ्गशालामा आइपुगेसँगै हजारौँ प्रशंसकहरू सडकमा निस्किएका थिए। पेलेलाई श्रद्धाञ्जलि अर्पण गर्न केही मानिस रातिदेखि नै लाइनमा बसेका थिए।

शव राखिएको पेटिका बोक्न ब्रजिलका भूतपूर्व खेलाडि जे रोबेर्टो र पेलेका छोरा एडिन्होले सहयोग गरेका थिए भने नेइमार, भिनिसस जुनिअर र रेआल मड्रिड क्लबले पुष्पगुच्छा पठाएका थिए।

बिहान ६ बजे उठेर आफ्ना पतिसँग सोरकाबा सहरदेखि यात्रा गरेकी बीएट्रिस दुई घण्टाभन्दा बढी लाइन लागेकी थिइन्। अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न म कटिबद्ध छु,” ५६ वर्षकी उनले भनिन्।

तेह्र वर्षे छोरासहित विल्सन जेनियो पनि सेतो गुलाफको फूल र पेलेले हस्ताक्षर गरेको सान्तोस फुटबल क्लबको झण्डा बोकेर लाइन लागेका थिए। झण्डामा लेखिएको थियोः “जेनियो परिवारका लागि, तिम्रो साथी पेले।”

जेनियो र उनका छोराले रातभरि शववाहन पच्छाएका थिए। “हामी उनको पछिपछि आएका हौँ। बिहान साढे तीन बजेदेखि हामी यहाँ छौँ,” उनीहरूले भने। “अर्को १,००० वा २,००० वर्षपछि पनि पेलेजस्तो कोही हुनेछैन। उनी एक मात्र त्यस्ता हस्ती हुन्।”

यहाँ निकै गर्मी छ। तापमान झन्डै ३० डिग्री सेल्सिअस पुगेको छ। तर पूरै सहर पेलेको शव राखिएको रङ्गशालातिर उर्लिए जस्तो देखिन्छ । शोकाकुल प्रशंसकहरूले रङ्गशालाको बीचको भागमा पुगेर अन्तिम श्रद्धाञ्जलि अर्पण गरिरहेका छन्।

ब्रजिलका सबै भाग मात्रै नभएर विश्वभरिबाट मानिसहरू यहाँ आइपुगेका छन्। मैले मेक्सिकोको झण्डा र द नेदरल्यान्ड्सको ’पिन’ पनि देखेँ। समाचार सङ्कलन गर्न सञ्चारमाध्यमले प्रयोग गरेका हेलिकप्टरहरू उडिरहेका छन्। पेलेको क्लब सान्तोसको कालो र सेतो रङ्गको जर्सी वा ब्रजिलको राष्ट्रिय टोलीको पहेँलो रङ्गको जर्सी लगाएर मानिसहरू निस्किएका छन्।

रङ्गशालामा पेलेको स्वर गुन्जिएको छ। सन् २००६मा उनले गाएको “मीउ लेगादो” अर्थात् मेरो विरासत बोलको गीत दोहो¥याएर तेहे¥याएर बजाइएको छ।

188 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal