को हुन् पेले ?

२०७९ पुष १५ गते, शुक्रबार

काठमाडौं । पेले अर्थात फुटबलका जादुगर अब सम्झनामा मात्रै रहने छन् । तर उनले दिएको योगदान र पाएको उपलब्धिले भने सिंगो फुटबल जगतले सदा सम्झिरहने छ । उनको ८२ वर्षको उमेरमा निधन भएको छ ।

पेलेको बाबू डोन्डिन्हो अर्थात ओआओ रामोस डो नासिमेन्तो र आमा सेलेस्त अरान्तेस हुन् । पेलेको बाबू डोन्डिन्हो क्लब लेभलका फुटबल खेल्थे । सन् १९४० अक्टोबर २३ तारिखमा मिनास गोराइसमा जन्मिएका पेले बाल्यकालदेखि नै फुटबल खेल्थे । बाबुबाटै फुटबल खेल्ने प्रेरणा पाएका पेले सानैबाट लगनशील थिए ।

पेलेको बाल्यकालको नाम एडसन आरन्तेस डो नासिमेन्तो हो । तर पछि उनको नाम पेले रहन गयो । पेलेले तीनपटक विवाह गरेका थिए । सन् १९६६ मा पेले रोसेमेरी दोस रेइस चोल्बीसँग विवाह बन्धनमा बाहिए । तर, यो सम्बन्ध १९८२ मा पुगेर टुट्यो । त्यसको १२ वर्षपछि पेलेले दोस्रो विवाह गरे । तर एसिरिया नास्सिमेन्तोसँग विवाह गरेको १४ वर्षपछि यो सम्बन्ध पनि टिकेन । पेलेले २०१६ मा मार्सिया आयोकीसँग विवाह गरेका थिए । पेलेका सात सन्तान छन् । पेलेले तीन वर्ष खेलकुद मन्त्री भएर पनि काम गरे ।

सर्वाधिक गोलकर्ता

पेलेको नाम थाहा नपाउने मान्छे सायदै कम होला । उनी त्यस्ता खेलाडी हुन् सबैको मन र दिमागमा बसेका छन् । फुटबल पछ्याउनेहरूले पेलेको निधनसँगै फुटबलको एक युगको अन्त्य भएको पनि भन्न थालेका छन् ।

पेले ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । १७ वर्षको उमेरदेखि ब्राजिलको राष्ट्रिय फुटबल टिमबाट खेल्न थालेका पेलेले ९१ खेल खेल्दै ७७ गोल गरे । ब्राजिलका नेयमार बाहेक यो उच्च स्कोर अन्य कुनै खेलाडीले भेट्टाउन सकेका छैनन् । कतार विश्वकपमा नेयमारले पेलेको सर्वाधिक ७७ गोलको रेकर्ड बराबरी बनाएका थिए ।

तीन विश्वकप जित्ने एक मात्र खेलाडी

पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० को विश्वकप फुटबलको उपाधि दिलाएका थिए । उनी मात्रै यस्ता खेलाडी हुन् जसले तीन पटक विश्वकप फुटबलको उपाधि चुमेका छन् ।

280 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal