सरकारको साझा कार्यक्रम बनाउन केपी ओलीको संयोजकत्वमा समिति गठन

२०७९ पुष १४ गते, बिहीबार

काठमाडौं। प्रमुख सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेर नागरिकको अपेक्षाअनुसारको काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सरकारको न्यूनतम कार्यक्रम तय गर्न नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीको संयोजत्कवमा एक कार्यदल गठन गरेको छ। कार्यदलले पाँच दिनभित्र सरकारको न्यूनतम नीति तथा कार्यक्रम तयार पार्ने उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए।

कार्यदललमा सत्ता साझेदार दलका तर्फबाट एक–एक जना सदस्य रहनेछन्। वर्तमान सरकार जनताको अपेक्षा पूरा गर्न गठन भएकाले पनि केही न केही नयाँ कामको सुरुआत गर्नैपर्छ भन्ने मनसायका साथ आजको बैठकमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका गृहमन्त्री लामिछानेले जानकारी दिए।

यस्तै बैठकमा मन्त्रिपरिषद् विस्तार एवं अन्य समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको उनले जानकारी दिए। मन्त्रिपरिषद् विस्तार गर्दा क्षमताका आधारमा काम गर्न सक्ने विज्ञलाई समेटेर विषयगतरूपमा समेत योग्य व्यक्तिलाई पनि समावेश गर्ने विषयमा बैठकमा महत्वपूर्ण विचार(विमर्श भएको थियो। उनले आजको बैठकलाई सुरुआती बैठकका रूपमा लिँदै शुक्रबार पुनः बैठक बस्ने बताए।

“न्यूनतम साझा कार्यक्रम उद्देश्य प्राप्ति गर्ने लक्ष्यका साथ तयार गर्ने गरी छलफल भएको छ, हामी केका लागि सरकारमा छौँ भन्ने तय गर्न लागिएको छ”, उनले भने।

उनले सरकार विस्तार गर्ने काम प्रधानमन्त्रीले विश्वासको मत लिएर गर्ने वा नगर्ने भन्नेभन्दा पनि सबै विषयलाई प्याकेजमा टुङ्गो लगाउने सन्दर्भमा छलफल केन्द्रित रहेको बताए।

 

212 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal