हरिबोल गजुरेलद्वारा उपराष्ट्रपति पद अस्वीकार

२०७९ पुष १३ गते, बुधबार

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता हरिवोल गजुरेल उपराष्ट्रपति पद अस्वीकार गरेका छन् ।

लामो समयदेखि पार्टीमा समस्या देखिएको बताउँदै उनले पार्टी बनाउने अभिभारा आफूले पूरा गर्न तत्काल कुनै पनि राजकीय पदमा आफू नजाने बताएका छन्।

अध्यक्ष प्रचण्डले आफूलाई लाभका पदमा अफर गरे पनि निरन्तर पार्टीमै कार्यकारी भूमिकामै रहने इच्छा ब्यक्त गरेका छन्। उनलाई आइतबाार प्रधानमन्त्रीसमेत रहेका मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले उपराष्ट्रपति लगायत अन्य कुनै लाभको पदको अफर गरेका थिए। तर, गजुरेलले त्यसलाई अस्वीकार गरेका हुन्।

उनले भने, ‘मूल विषय पार्टी बनाउने र माओवादी आन्दोलनका उपलब्धिको रक्षा गर्ने हो। म अझै पार्टीको काम गर्न सक्षम छु त्यसैले कार्यकारी भूमिका दिए ठोस र परिणाममुखी नतिजा ल्याउने छु।’

पार्टीमा आफूले कार्यकारी भूमिकासहितको जिम्मेवारीको अपेक्षा गरेको बताउँदै उनले अगाडि भने, ‘म पार्टीमा देखिएको समस्या निराकरण गर्ने अहिलेको मुख्य चुनौती भएकाले पार्टीको सांगठनिक अवस्थालाई पुर्नजिवित तुल्याउन कार्यकारीे भूमिकाको अपेक्षा गरेको छु।’

187 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal