‘नैतिकताका आधारमा सभापति देउवाले तत्काल राजिनामा दिनुपर्छ’- घिमिरे
२०७९ पुष ११ गते, सोमबार
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नैतिकताका आधारमा काग्रेस सभापति शेरबहादुर देउवाले सभापति र संसदीय दलको नेताबाट राजिनामा दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा राति ट्वीट गर्दै नेता घिमिरेले सो कुरा बताएका हुन् ।
“नेका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ” उनले भनेका छन्, “हिजो पार्टीका साथीहरुले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन रु”
सभापति देउवाले पदबाट राजिनामा नदिए चाँडै महाधिवेशन बोलाउने चेतावनी पनि नेता घिमिरेले दिएका छन् । उनले लेखेका छन्, “यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ ? राजिनामा नदिए चाँडै विशेष महाधिवेशन बालाइने छ ।”
78 Views