हेर्दाहेर्दै कांग्रेस ‘पतन’
२०७९ पुष १० गते, आईतवार
काठमाडौं । नेपाली कांग्रेसको बुई चढेर नेकपा माओवादी केन्द्रले जम्मा ३२ सिट जित्न सफल भएको थियो । अब आफ्नै कारणले नेपाली काँग्रेस पतनको बाटोमा लम्किएको छ ।
एमाले नेतृत्वमा सातदलीय गठबन्धन बनेसँगै हालैको निर्वाचनबाट पहिलो दल बनेको कांग्रेस भने संघदेखि प्रदेशसम्म ‘पतन’ हुने लगभग निश्चित जस्तै भएको छ ।
पाँचदलीय गठबन्धन कायम हुँदा सबैजसो प्रदेशमा सरकार गठनका लागि अनुकूल नयाँ सरकार बन्ने देखिएको थियो तर, अहिले नयाँ गठबन्धनका कारण प्रदेश सरकारको अंकगणित फेरबदल भएको छ ।
70 Views