फेसियल हाउस १५ वर्षमा प्रवेश, अलग्गै पहिचान बनाउँदै सुष्मा
एलिशा ढुंगाना
‘यति सानै उमेरमा यति ठूलो नाम साथै मनग्गे दाम पनि’ सबैले उनलाई सोध्ने प्रश्न यही हो । उनी यो प्रश्नको जवाफ दिँदादिँदै एकातिर हैरानी बनेकी छिन् भने अर्कातिर आफूले गरेको सीपको कदर भएकोमा प्रशन्न छिन् । कामप्रतिको निरन्तर मेहनतले नै फेसिएल हाउसकी सञ्चालक सुष्मा महराले अहिले आफूलाई अन्तर्राष्ट्रिय जगतसम्म स्थापित गरिसकेकी छिन् । समयको व्यवस्थापनका साथै अन्य विषयमा पनि उनी सधैं साथीभाई र शुभेच्छुकहरुसँग कुराकानी गरिरहन्छिन् । मिजासिली स्वभावकी धनी ब्यूटिसियन सुष्मा महरालाई आजभोलि सबै व्यवस्थापन त्यति गाह्रो भएको छैन । उनी अभियानका क्रममा विभिन्न जिल्लामा पुगेर तालिम समेत दिँदै आएकी छिन् । उनले केही ठाउँमा शाखा पनि खोलेकी छिन् । फेसियल हाउस स्थापना भएको आज १५ वर्ष पुगेको छ ।
उहाँलाई शुरुमा भेट्दा मेरा मनमा पनि अनेक प्रश्न उत्पन्न भएका थिए । ती प्रश्नलाई उहाँले सजिलै जवाफ दिनुभयो । त्यसबाट म प्रभावित भएँ । काठमाडौँ मलको चौथो तलामा पुग्दा लिफ्टको ढोका खुल्नेबित्तिकै देब्रेपट्टी निलो र सेतो रंगले फेसियल हाउस लेखिएको पसल देखिन्छ । हो, त्यही पसलमा पुगेर मैले पनि उहाँसँग जीवन, संघर्ष र सफलताका बारेमा कुराकानी गरेकी थिएँ ।

हेर्दा सानी र फुच्ची देखिने सुष्मा महराको उज्यालो अनुहारले मैले एकैछिन अगाडिको काठमाडौँको धुवाँ, धुलो र ट्राफिक जाम बिर्सिएँ । मुस्कुराउँदै ग्राहकहरुसँग उहाँले गरेको कुराकानी साँच्चै लोभलाग्दो थियो । व्यस्त जीवनशैलीमा त्यहाँ पुग्ने जोकोहीलाई पनि उहाँको हसिलो मुहार र सेवाबाट सकारात्मक उर्जा मिल्ने अनुमान गर्न सकिन्छ ।
सौन्दर्यविद् िसुष्मासँगको कुराकानीमा धेरैपटक मेरा आँखा रसाएका छन् । तर उहाँले भने दुःखका कुरा, संघर्षका कुरा र विगतका कुरालाई सफलताका मिठा पलहरुसँग घुटुक्क पिउँदै हाँसेर कुराकानी गरिरहनु भयो । उहाँका आँखामा भने जतिसुकै पीडा भोगे पनि आँशु झरेनन् । आँसु खसाल्नु भनेको आफूलाई कमजोर बनाउनु हो भन्दै खुसी नै बाँडिरहनु भयो उहाँले । उहाँको सफलताको वर्णनमा म पनि उत्साहित भएँ र केही सिक्ने प्रयत्न गरेँ ।
२०५५ सालदेखि उहाँ सौन्दर्य क्षेत्रमा आबद्ध हुनुहुन्छ । महरालाई फेसियल हाउसको सञ्चालक भनेर चिनिँदा गर्वको महसुस हुन्छ । फेसियल हाउसको नामबाटै नेपालमा मात्रै होईन विश्वबजारमा पनि चिनिन पाउँ भन्ने आकांक्षा उहाँको पूरा हुँदै गएको छ । जन्मिनेवित्तिकै परिवारले दिएको नाम, त्यसपछि उमेरसँगै जोडिएका सम्बन्धपछिका नामभन्दा आफूले कर्म गरेर कर्मथलोबाट प्राप्त गरेको सफलताको नाम सबैभन्दा प्रिय हुने रहेछ भन्दै फेसियल हाउसकी सञ्चालक महरा अहिले प्रशन्न हुनुहुन्छ । उहाँले जीवनमा अझै पनि धेरै काम गर्न बाँकी रहेको र त्यो लक्ष्य पूरा गर्ने दाबी गर्दै आउनुभएको छ ।
फेसियल हाउसले उहाँको आर्थिक स्तर मात्रै होईन, ईज्जत, मान र प्रतिष्ठा पनि बढाइदिएको छ । उहाँले सुरु गर्दा फेसियल हाउसको यो यात्रा यति लामो र सानदार हुन्छ भन्ने सोच्नु भएको थिएन । एउटा सानो कोठाबाट सुरु गरेको पार्लर अहिले नेपालको नम्बरवान ब्राण्डेड ब्यूटिसलुनमा परिचित छ । १५ वर्षमा उहाँका ६ वटा ब्रान्च खुलिसकेका छन् । अब छिट्टै चितवन, विराटनगर र हेटौडामा पनि आउटलेट विस्तार गर्ने तयारी रहेको छ ।
आफ्नो कामसँग रमाउने सौन्दर्यविद् सुष्मा महराको सफलतामा उहाँको कामप्रतिको निरन्तर लगाव, इमान्दारिता, आँट र धैर्यताका साथै विश्वास पनि हो । उहाँ सकारात्मक सोच र कर्मले सबैको विश्वास जित्न सकिने बताउनुहुन्छ । उहाँका ग्राहकहरुले उहाँलाई गरेको विश्वासले उहाँलाई काम गर्न थप हौसला मिलेको छ । त्यसो त, उहाँले विगतमा विश्वासले अरुसँग सहकार्य गरेर काम गरको तितो अनुभव पनि सम्हाल्नु भएको छ । त्यसैले अहिले भने जेजस्तो भए पनि एक्लो प्रयासमा अघि बढ्नुभएको छ । अहिले उहाँलाई सहयोगी बनेर उहाँका श्रीमान कर्पोरेट विजनेश म्याग्जिन तथा कर्पोरेट खबर डटकमका अध्यक्ष उज्वलजंग शाहले साथ दिईरहनु भएको छ । श्रीमान र परिवारको साथ पाएर नै आफू सफल हुन सकेको महरा बताउनु हुन्छ ।
एकै ठाउँमा बसेर सबैलाई व्यवस्थापन गर्न सकिने टेक्नोलोजिमा उहाँको रुची रहेको छ । उहाँलाई नयाँ खोज र अनुसन्धान गर्न मन पर्छ । विभिन्न देशमा गएर सुष्माले ब्यूटिसियन तालिम पनि लिनु भएको छ । नयाँ नयाँ प्रविधि खोज्नु उहाँको विशेषता जस्तो नै बनिसकेको छ । सुष्मा आफ्ना ग्राहकहरुलाई पनि नयाँ प्रविधिको प्रयोग गरेर सेवा दिइरहनु भएको छ । टेक्नोलोजीमार्फत फेसियल हाउसको सेवालाई थप प्रभावकारी बनाउन उहाँले केही समय अगाडि ‘भेटायो एपसँग’ सम्झौता गर्नुभएको छ । ‘भेटायो एप’ एक अनलाईन प्लेटफर्म हो । जहाँ विभिन्न १२ वटा सेवाहरु उपलव्ध छन् । यसमा व्युटिसम्बन्धी सेवा पनि लिन सकिन्छ ।
विभिन्न उपलब्धि र चुनौतीका बाबजुद पनि नेपालको उत्कृष्ट व्युटिपार्लर बन्न सकेको फेसियल हाउसमा सामान्यदेखि उच्च घराना, चर्चित सेलिब्रेटी र विदेशीसम्मले सेवा लिने गरेका छन् । ग्राहकका कुरा ध्यान दिएर सुन्ने र उनीहरुलाई पर्याप्त समय दिएर सरसल्लाह र सुझाब दिने भएकाले फेसियल हाउसमा ग्राहकहरुको चाप बढ्दो छ । पारिवारिक वातावरणमा ग्राहकले सेवा लिन पाउँछन् । ग्राहकले आफ्नो रुची अनुसारको उपयुक्त श्रृंगार गर्न पाउँछन् । हरेक ग्राहकहरुलाई सुन्दर बनाईदिएर उनीहरुको मन खुशी पार्न माहिर हुनुहुन्छ महरा । उहाँको पार्लरमा महिला र पुरुष दुवैले सेवा लिन सक्छन् ।
जति ‘फेसियल हाउस जवान हुँदै गएको छ आफू पनि त्यति नै जवान भएको अनुभव हुन्छ महरालाई । उहाँ सधैं सकारात्मक सोच राख्ने व्यक्ति भएकाले सानातिना समस्यामा कहिल्यै र कोही पनि आत्तिन नहुने सुझाव दिनुहुन्छ । दुःखका साथ जीवन जिउँदा पनि उहाँलाई कहिल्यै पनि असहज लागेन । ‘सधैँ आफ्नो मनलाई जवान राख्नुपर्छ अनि मात्रै जिन्दगी जीउनुको मज्जा आउँछ’ उहाँ भन्नुहुन्छ ‘जीवन भनेको दुःख सुख हो जेजस्तो आउँछ गर्दै र पचाउँदै जानुपर्छ ।’ उनको विचार मलाई गज्जब लाग्यो ।
त्यसो त, सुन्दरतालाई ‘बाहिरी र भित्री’ दुई भागमा बाँडिन्छ । बाहिरी सुन्दरताको काम गर्ने सुष्माको भित्री सुन्दरता साँच्चै अतुलनीय छ । उहाँ सबैलाई समान ढंगले सम्मान गर्न मनपराउनु हुन्छ ।
दुई दशकअघि ब्युटी पार्लर खोलेर सौन्दर्य क्षेत्रमा पाइला अघि सारेकी सुष्मा महराको ‘फेसियल हाउस’ १५ औं वर्षमा प्रवेश गरेको छ । ‘फेसियल हाउस’ १५ औं बार्षिक उत्सव मनाउँदै गर्दा अझै पनि आम मानिसकोे विश्वास जित्दै लोकप्रिय बन्दै जानेमा सुष्मा महरा ढुक्क हुनुहुन्छ ।
बजारका ब्युटीपार्लरकोे प्रतिस्पर्धामा फेसियल हाउसबाट एकैपटकमा ५५ देखि ६० जना ग्राहकले सेवा लिन सक्नेछन् । यहाँबाट राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका ब्यूटिसम्बन्धी कोर्सहरु संचालन भईरहेका छन् । तालिमपछि उत्कृष्ट विद्यार्थीहरुका लागि रोजगारीको पनि सुविधा रहेको छ । जसले गर्दा नेपालको ‘नम्बर वान’ व्युटिसैलुनको अवार्ड पाइसकेको फेसियल हाउसले ग्राहक र विद्यार्थीको विश्वास जितिरहेको छ ।
सौन्दर्यविद् सुष्मा महराले भोलिका दिनमा पनि ग्राहक र शुभचिन्तकको विश्वास पाइरहने अपेक्षा गर्नुभएको छ ।
ताजा
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





