गठबन्धन जोगाउन देउवालाई निकै सकस
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सीमा पूरा हुन ४ दिन बाँकी रहँदा मुलुकको भावी प्रधानमन्त्री को होला भन्ने कौतुहलता झन् बढ्दै जान थालेको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एकल सरकार निर्माण गर्ने जनमत कुनै पार्टीले प्राप्त गर्न नसकेपछि भावी सरकारको प्रारुप बन्न कठिन देखिएको हो ।
गत निर्वाचनमा नेकपा एमालेविरुद्ध गठबन्धन गरेका दलहरुबीच नै प्रधानमन्त्री पदका लागि हानथाप शुरु भएपछि सरकार निर्माण झनै पेचिलो बनेको छ ।
गठबन्धनको नेतृत्व गरिरहेका काँग्रेस सभापति शेरबहादुर देउवा यतिबेला प्रधानमन्त्रीका मुख्य दाबेदार देखिएका छन् । बुधबार संसदीय दलको नेता चयन भएसँगै सरकार निर्माणको औपचारिक पहलका लागि उनलाई बाटो पनि खुलेको छ । तर, गठबन्धनभित्रकै अर्को दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत प्रधानमन्त्री बन्ने कुरामा गहिरो आकांक्षा देखाएपछि देउवाका लागि समेत आगामी यात्रा निकै चुनौतीपूर्ण हुने देखिएको छ । प्रतिनिधिसभामा ८९ सिट प्राप्त गरेको नेपाली काँग्रेसले थप ४९ जना सांसद्हरुको समर्थन जुटाएमात्र आफ्नो नेतृत्वमा सरकार गठन गर्न सक्छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा र जनमोर्चा सम्मिलित गठबन्धनलाई एकठिक्का बनाएर लैजान सके अर्को एउटा सानो दललाई मिलाउँदा बहुमत पु¥याउन उसलाई कठिन पनि छैन । तर, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख पदको प्याकेजमै सहमति खोज्नु पर्ने भएका कारण यो गठबन्धनलाई जोगाएर लैजान नेपाली काँग्रेसका लागि पनि त्यति सहज देखिँदैन । त्यसमाथि गठबन्धनको दाश्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष दाहालको प्रधानमन्त्री बन्ने आकांक्षाले गठबन्धन कुनै पनि बेला टुट्न सक्ने आशंका राजनीतिक वृत्तमा घनिभूत बन्दै जान थालेको छ ।
अनौपचारिक रुपमा भावी सरकार गठनका सन्दर्भमा आफ्नो धारणा राख्दै आए पनि नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता चयन पछि मात्रै औपचारिक पहल गरिने बताउँदै आएको छ । नेपाली कांग्रेस संसदीय दलको नेतामा वर्तमान प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवा चयन भएपनि माओवादी केन्द्रले पार्टी संसदीय दलको नेता आज चयन गर्दैछ । नेता चयन गरेसँगै सरकार गठनका सन्दर्भमा सो पार्टीले निर्वाह गर्ने भूमिकाले भावी प्रधानमन्त्री को हुने भन्ने कुराको निक्र्याेल गर्नेछ । गठबन्धन भित्रैबाट सरकार गठन प्रक्रिया अगाडि बढे पहिलो चरणमा को प्रधानमन्त्री हुने भन्ने कुराको निर्णय गर्न त्यति सहज देखिएको छैन । पहिलो चरणमा आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्न माओवादी केन्द्रका अध्यक्ष दाहालले काँग्रेस नेताहरुलाई प्रस्ताव गरिसकेका छन् भने देउवा कुनै पनि हालतमा दाहाललाई छोड्ने पक्षमा छैनन् । यो अवस्थामा गठबन्धन टुटेर नयाँ गठबन्धन निर्माण हुन सक्ने अवस्था पनि उत्तिकै बलियो छ ।
कांग्रेसभित्र माओवादीलाई सरकारको नेतृत्व दिन नहुने मत पनि छ । देउवासँग संसदीय दलको नेतामा पराजित भएपछि महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति गरे आफूलाई मान्य नहुने चेतावनी दिएका छन् । यसले पनि गठबन्धनलाई मिलाएर लैजाने कुरामा देउवालाई त्यति सहज नभएको प्रष्ट संकेत गरेको छ । यो अवस्थामा प्रतिनिधिसभाको दोश्रो ठूलो दल नेकपा एमाले नयाँ ढंगले अगाडि बढ्न सक्छ । त्यसैपनि एमाले नेताहरुले राष्ट्रपति पद आफूहरुलाई दिए प्रधानमन्त्रीमा दाहाललाई सहयोग गर्ने प्रस्ताव अघि सारिसकेका छन् । यो अवस्थामा दाहाल तयार भएको खण्डमा नेकपा एमाले, माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) राप्रपा लगायत दलहरु सम्मिलित नयाँ गठबन्धन हुने कुरालाई नकारिहाल्न सक्ने अवस्था पनि छैन । रास्वप र राप्रपाले अहिलेसम्म सरकारमा जाने बारे कुनै ठोस निर्णय गरिसकेका छैनन् । सरकारमा सहभागी नभए पनि उनीहरुले सरकार गठनका लागि एमाले नेतृत्वको गठबन्धलाई सहयोग गर्ने सम्भावना उत्तिकै प्रवल रहेको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ । यही प्रयोजनका लागि हुनसक्छ एमाले अध्यक्ष ओलीले रास्वपा सभापति रवि लामिछानेसँग दुईपटक छलफल गरिसकेका छन् । राप्रपाले त झन् निर्वाचनमै कतिपय स्थानमा एमालेसँग चुनावी तालमेल गरेको थियो ।
उता, राष्ट्रपति र प्रधानमन्त्री पदको भागबन्डाको विषय बन्द कोठामा सहमति भए त्यसलाई नेपाली कांग्रेसले साथ नदिने चेतावनी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दिएका छन् । भागबन्डाको विषय संस्थागत हुनु पर्ने माग गर्दै महामन्त्री थापाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने र त्यससम्बन्धी निर्णय पारदर्शी हुनुपर्ने उल्लेख गरेका छन् । संसदीय दलको नेतामा पराजित भएपछि प्रतिक्रिया दिदैं थापाले जितहारको विषय स्वभाविक भएको उल्लेख गरे ।
ताजा
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबार
हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





