विश्व विजेता अर्जेन्टिनाले पायो साढे ५ अर्ब रुपैयाँ
काठमाडौं । हिजो राति फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । दोहास्थित लुसेल स्टेडियममा भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि जितेको हो । ऊ तेस्रोपटक विश्व च्याम्पियन बन्यो ।
उपाधिसँगै अर्जेन्टिनाले १८ क्यारेट सुन जडित ट्रफीसहित अर्बौं रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उसले ४२ मिलियन अमेरिकी डलर अर्थात् ५ अर्ब ५७ करोड ९६ लाख ३२ हजार ८ सय रुपैयाँ पुरस्कार पाएको हो ।
अर्जेन्टिनाले हालसम्मकै सर्वाधिक पुरस्कार राशि पाएको हो । त्यस्तै, उपविजेता फ्रान्सले ३० मिलियन अमेरिकी डलर अर्थात् ३ अर्ब ९८ करोड ५४ लाख ५२ हजार रुपैयाँ पुरस्कार पाएको छ ।
यस्तै, तेस्रो बनेको क्रोएसियाले २७ मिलियन अमेरिकी डलर (३ अर्ब ५८ करोड ६९ लाख ६ हजार ८ सय) तथा चौथो भएको मोरोक्कोले २५ मिलियन अमेरिकी डलर (३ अर्ब ३२ करोड १२ लाख १० हजार) पुरस्कार प्राप्त गर्यो ।
क्वार्टरफाइनलबाट बाहिरिने पोर्चुगल, इङ्ग्ल्यान्ड, ब्राजिल र नेदरल्याण्ड्सले १७ मिलियन अमेरिकी डलर अर्थात् २ अर्ब ५८ करोड ८४ लाख २२ हजार ८ सय रुपैयाँ पुरस्कार पाए ।
यस्तै, अन्तिम १६ मा पुग्ने स्विटजरल्याण्ड, स्पेन, पोल्याण्ड, सेनेगल, दक्षिण कोरिया, जापान, अस्ट्रेलिया र अमेरिकाले १३ मिलियन अमेरिकी डलर अर्ब १ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय रुपैयाँ प्राप्त गरे ।
समूह चरणबाट बाहिरिने घाना, उरुग्वे, सर्बिया, क्यामरुन, क्यानडा, बेल्जियम, कोस्टारिका, जर्मनी, डेनमार्क, ट्यूनिसिया, साउदी अरेबिया, मेक्सिको, वेल्स, इरान, इक्वेडर र कतारले ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय) प्राप्त गरेका छन् ।
ताजा
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबार
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
२०८२ चैत्र २७ गते, शुक्रबार
महराविरुद्ध भ्रष्टाचार मुद्दा
२०८२ चैत्र २६ गते, बिहीबार
श्रममन्त्री साह बर्खास्त
२०८२ चैत्र २६ गते, बिहीबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





