अर्जेन्टिनाले विश्वकप जितेपछि पेलेले भने- म्याराडोना हाँसिरहेका होलान्

२०७९ पुष ४ गते, सोमबार

काठमाडौं । ब्राजिलका महान फुटबलर पेलेले गएराति कतारमा सम्पन्न २२ औं संस्करणको फिफा विश्वकपमा विजेता अर्जेन्टिनालाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत तेस्रोपटक विश्वकप उपाधि जितेको अर्जेन्टिना र कप्तान लियोनल मेस्सीलाई बधाई दिएका हुन् ।

पेलेले अर्जेन्टिनाको जितमा दिवंगत भइसकेका डिएगो म्याराडोना हाँसिरहेको हुनसक्ने पनि बताएका छन् । ‘आज फुटबलले सधैंझैँ कथा भन्ने क्रमलाई निरन्तरता दिएको छ’, उपचाररत पेलेले इन्स्टाग्राममा लेखेका छन्, ‘मेस्सीले पहिलो विश्वकप जितेका छन्, जसका लागि उनी योग्य थिए । बधाई छ अर्जेन्टिना, डिएगो (म्याराडोना) हाँसिरहेका छन् ।’

अर्जेन्टिनालाई सन् १९८६ मा च्याम्पियन बनाउन म्याराडोनाको भूमिका अहम् थियो । विश्व फुटबलमा म्यारोडोना र पेलेमध्ये को सर्वोत्कृष्ट भन्ने विवाद हाल पनि छ । म्याराडोनाको २५ नोभेम्बर २०२० मा मृत्यु भएको थियो ।

183 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal