राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक प्रभाकरद्वारा राजीनामा
२०७९ मंसिर २९ गते, बिहीबार
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन्। चार महिनाअघि नेपालको प्रशिक्षक नियुक्त भएका भारतीय पूर्व क्रिकेटर प्रभाकरले डिसेम्बर १५ (मंसिर २९) देखि लागू हुने गरी राजीनामा दिएको र स्वीकृत भइसकेको नेपाल क्रिकेट संघले जनाएको छ।
लगातारको खराव नतिजा, खेलाडीसँग बिग्रिँदो सम्बन्ध र प्रशिक्षण शैलीमा प्रश्न उठेपछि प्रभाकरसँगको सम्झौता टुंग्यायने पक्षमा क्यान आफैं पुगेको थियो। एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता जोखिममा रहेको अवस्थामा नेपाली टिममा प्रशिक्षक परिवर्तन हुने क्रम रोकिएको छैन।
85 Views