धान बिक्री गर्न रातभर किसान खुला आकाशमुनि

२०७९ मंसिर २९ गते, बिहीबार

झलनाथ खनाल

कैलाली, भजनी। कैलालीको जानकी गाउँपालिका–३ सुवर्णपुरका गर्भु चौधरी मङ्गलबार बिहानै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको टीकापुर गोदाममा धान बिक्रीका लागि पुगेका थिए।

सरकारले धानको समर्थन मूल्य तोकेको लामो समयपछि धान खरिद सुरु गरेपछि १६ बिघामा लगाएको धान बिक्रीका लागि गर्भु टीकापुर गोदाम पुगेका हुन्। धान बिक्रीका लागि आएका उनी रातभर त्यहीँ बसे। लाइनमा बसेका गर्भुको बुधबार पनि पालो आएन।

“दुईवटा गोरु गाडामा धान ल्याएर आएको थिए । लाइन धेरै लामो रहेछ ।” उनले भने, “असोजमा भित्र्याएको धान बिक्री गर्न निकै सास्ती छ।”

जानकी गाउँपालिका–७ का हिक्मतबहादुर चौधरी पनि धान बिक्री गर्नका लागि दुई रात बिक्री केन्द्रमै बस्नुपरेको बताउँछन्। बाह्र बिघा १० कट्टा क्षेत्रफलमा धान खेती गरेका उनले १० क्विन्टल धान अन्यत्र लगेर बिक्री गरिसकेका छन्। घर खर्च टार्न र हिउँदे खेती गर्न मल खरिदका लागि सस्तोमा धान बिक्री गरेको उनी बताउँछन्।

“बजारमा प्रती क्विन्टल रु दुई हजार चार सयका दरले धान बेचेर घरको खर्च जोहो गर्नुपर्यो। बाँकी धान बिक्रीका लागि खाद्यको बिक्री केन्द्रमा ल्याएर आएको छु”, चौधरीले भने, “घरबाटै खाना ल्याएर यतै खाँदै बसेको छु। खुला आकाशमुनि चिसोमा पालो कुरेर बस्नुपरेको छ।”

टीकापुर नगरपालिका–१ का रामचरण चौधरी बुधबार मात्रै ट्र्याक्टरमा धान ल्याएर टीकापुर गोदाम पुग्नुभएको थियो। उनको पालो एक सय ७९औँ स्थानमा छ। उनलाई धान बिक्री गर्न तीन दिन यहीँ बस्नुपर्ने बाध्यता छ। “धान बिक्री गर्न पालो कुर्नुपर्ने अवस्था छ। चिसो मौसममा खुला आकाशमुनि रात बिताउनुपर्ने बाध्यता छ।” उनले भने, “ठाँउठाउँमा काँटा लगाएर धान खरिद गर्ने व्यवस्था गरेको भए यस्तो समस्या पर्ने थिएन।”

भजनी नगरपालिका–८ का सुरेन्द्र चौधरी पनि टीकापुर नगरपालिका–७ स्थित धान खरिद केन्द्र पुगेको दुई दिनपछि मात्र धान बिक्री गरे। कम्पनीले धान खरिद गर्न थालेपछि खरिद केन्द्रमा किसानको अत्यधिक भीड छ। “दुई महिनासम्म खाद्यलाई पर्खेर बस्नुपर्यो। अहिले पनि धान बिक्री गर्न सकस छ”, चौधरीले भने। दुईचार रुपैयाँ बढी पाइने आशाले बसेका किसानको धान बिक्री गर्नका लागि अहिले तछाडमछाड भएको छ।

भजनी नगरपालिका–८ का हरिकुमार चौधरी धान बिक्री गर्न खाद्यको खरिद केन्द्रमा गोरु गाडामा धान भरेर पुगे पनि बेच्न पाएनन्। बर्सातको समयमा आएको बाढीले क्षति पु¥याएको र धान सफा नभएको भन्दै उनको धान खरिद गर्न खाद्यले मानेन। “राम्रो नभएको भन्दै मेरो धान खरिद गर्न खाद्यले मानेन। फिर्ता लिएर जाँदैछु”, उनले भने, “आजसम्म खाद्यको आशामा धान बजारमा बिक्री नगरेर बसे, अब बजारमा लिएर बिक्री गरेर घर जान्छु।”

धान बिक्रीका लागि खाद्यको खरिद केन्द्र पुगेका हरिकुमारजस्तै धेरै किसान खाद्यले धान खरिद गर्न नमानेपछि निरास भएर फर्किएका छन्। खाद्यले गुणस्तर हेरेर मात्रै धान खरिद गर्ने गरेको छ। पानीले नभिजेको, परालको टुक्रा, पोकटा नमिसिएको ताजा मोटा धान मात्र खरिद गर्न थालिएको छ।

कम्पनीले जिल्लामा पाँच क्षेत्रबाट धान खरिद सुरु गरेको छ। टीकापुर नगरपालिकामा खाद्यको नगरपालिकाको वडा नं १ टीकापुर शाखा, वडा नं ७ सत्ती, धनगढी उपमहानगरपालिकाको मोहनपुर गोदाम, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाबाट धान खरिद थालिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मोटा धानको न्यूनतम मूल्य प्रती क्विन्टल रु दुई हजार नौ सय ६७ र मध्यम धानको मूल्य रु तीन हजार एक सय २८ कायम गरेको छ। कात्तिकमै धानको समर्थन मूल्य निर्धारण गरिएको भए पनि धान खरिदको अधिकार नदिँदा खरिद प्रक्रिया सुरु हुन सकेको थिएन।

कैलालीमा यस वर्षका लागि ४० हजार क्विन्टल धान खरिद गर्न केन्द्रबाट अनुमति प्राप्त भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सुदूरपश्चिम कार्यालय प्रमुख इन्जिला बस्नेतले जानकारी दिए। (रासस)

16 Views

ताजा

हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा

२०७९ माघ १६ गते, सोमबार

हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा

२०७९ माघ १६ गते, सोमबार

आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी घरबेटीको मृत्यु

२०७९ माघ १६ गते, सोमबार

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा तय

२०७९ माघ १६ गते, सोमबार

मलेसियामा चौथो ईन्टरनेशनल सोसल अर्वाड सम्पन्न

२०७९ माघ १६ गते, सोमबार

अग्रिया सिंह उत्कृष्ट नृत्यांगना

२०७९ माघ १६ गते, सोमबार

सहिदको सपना पूरा गर्न सबै एकजुट हुन आवश्यकः प्रधानमन्त्री प्रचण्ड

२०७९ माघ १६ गते, सोमबार

‘सहिद दिवस’ ले प्रेरणा प्रदान गर्नेछः सभापति देउवा

२०७९ माघ १६ गते, सोमबार

राष्ट्रपति भण्डारीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण

२०७९ माघ १६ गते, सोमबार

विभिन्न कार्यक्रम गरी आज सहिद दिवस मनाइँदै

२०७९ माघ १६ गते, सोमबार

काठमाडौं आइपुगिन् सन्नी लियोन

२०७९ माघ १५ गते, आईतवार

लोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’

२०७९ पुष ८ गते, शुक्रबार

भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….

२०७९ आश्विन ४ गते, मंगलवार

यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।

२०७९ आश्विन २ गते, आईतवार

भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….

२०७९ आश्विन २ गते, आईतवार

बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”

२०७९ आश्विन १ गते, शनिबार

गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार 

२०७९ भाद्र २९ गते, बुधबार

नेकपा( एकीकृत समाजवादी )को निकट सहकारी संगठन समाजवादी सहकारी संगठन नेपाल घोषणा

२०७९ भाद्र २९ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal