एकनाथ ढकालको तेश्रो संसद यात्रा
काठमाडौं । निर्बाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचनको अन्तिम परिणाम घोषणा गरेको छ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल प्रतिनिधि सभाको सदस्य निर्बाचित भई तेश्रो पटक संसद्को यात्रा गर्दै छन् । पहिलो र दोश्रो संबिधान सभाका सदस्य समेत रहेका ढकाल दुइ पल्ट नेपाल सरकारको मन्त्रि पनि भए । गोरखाको बोर्लाङमा जन्मभूमि भएका ढकाल बिधार्र्थी कालदेखिका जुजारु युवा नेता हुन् । उनलाइ सन् २००७ मा नेपाल जेसिसले युवा बर्ष पुरस्कार समेत प्रदान गरेको थियो ।
नेपालमा शशस्त्र द्धन्द्धको बेला ढकालकै पहलमा “दक्षिण एशियाली शान्ति पहलकदमी“ को स्थापना गरि नेपालको शान्ति प्रकृया सफल बनाउन विभिन्न कार्यक्रम मार्फत महत्वपूर्ण भूमिका निर्बाह गरेका ढकाल सयुक्त राष्ट्र संघमा आबद्ध संस्था युनिभर्सल पिस फेडेरेशन अन्तराष्ट्रियको विभिन्न जिम्बेवारी समेत बहन गरेका छन् । ढकाल हाल सांसदहरुको अन्तराष्ट्रिय मंच “इन्टरनेश्नल अशोशिएशन अफ पार्लियामेन्टरियन फर पिस“ (आइएपिपि ) एशिया प्रशान्त क्षेत्रको संयोजक समेत रहेका छन् ।
छोटो समयमै धेरै अन्तराष्ट्रिय अनुभब हासिल गरेका ढकाल विश्वका विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख संग समेत भेटघाट गरिसकेका परिचित व्यक्तित्व हुन् । नेपालमा सन् २०१५ को बिनासकारी भुकम्पको बेला तत्काल उद्दार तथा राहतको लागी ढकालको पहलमा उल्लेखनीय सहयोग जुटाएका थिए । ढकाल तत्कालिन प्रधानमन्त्री सुशील कोइराला भन्दा पनि अघि हेलिकप्टरमा राहत सामग्री लिएर भूकम्पको इपिसेन्टर गोर्खाको वारपाक पुगेपछि उनी थप चर्चामा आएका थिए ।

पहिलो बाबुराम भट्टराईको नेतृत्वमा सहकारी तथा गरिबि निर्वारण मन्त्री हुँदा राष्ट्रिय सहकारी नीति र बिपन्न घरपरिवार पहिचान तथा परिचय पत्र वितरणको थालनी गरेका ढकालले दोश्रो केपी ओली नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्रि हुदा शान्ति प्रकृयाको महत्वपुर्ण कामहरु सम्पन्न गरेका थिए । सधै चर्चाको शिखरमा हुने गरेका ढकाल मेहनती र जिम्बेवार राजनीतिज्ञ हुन् । सामाजिक क्षेत्रमा समेत अग्रणी स्थानमा रहेका ढकालले सन् २०१८ मा नेपालमा एशिया प्याशिफिक समिट आयोजना गर्न एक प्रमुख भूमिका खेलेका थिए ।बहुचर्चित उक्त समिटमा युपिएफ अन्तराष्ट्रियकी सह–सस्थापीका डा. हाक जा हाँन मदर मून), सात जना राष्ट्र प्रमुख तथा सरकार प्रमुख, १० जना पूर्व राष्ट्रपति÷ प्रधानमन्त्री र पाँच जना सभामुख समेत ४५ मित्र राष्ट्रका सयौं बिशिष्ट बिदेशी पाहुना हरुको सहभागिता रहेको थियो। उक्त एशिया प्यासिफिक समिट नागरिक क्षेत्रको पहलमा भएको नेपालको इतिहाँसकै सबैभन्दा भब्य अन्तराष्ट्रिय सम्मेलन थियो ।
संसद्को लेखा समिति, अन्तराष्ट्रिय सम्बन्ध तथा मानब अधिकार समिति, संसदीय सुनुवाई समिति लगाएतमा बसेर सफल भूमिका बहन गरिसकेका ब्यक्ति ढकाल संसद बाहिर पनि उत्तिकै क्रियाशील देखिन्थे । नेपालको सन्दर्भमा अग्रपंथी लोकतन्त्र नामक पुस्तक समेत प्रकाशन गरेका ढकाल बैचारिक र ब्यबहारिक बीच सन्तुलन हुनु पर्ने बताउछन् । ढकालको पहलकदमीमा देशभर दर्जनौं बिधालय भबन, पुस्तकालय, मठ मन्दिर निर्माण तथा मर्मत सम्भार भएका छन् । उनले दर्जनौं लगनशील तथा बिपन्न बालबालिकालाई छात्रबृति समेत उपलब्ध गरेका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्बाचन २०७९ मा नेकपा एमालेको समर्थनमा उनि प्रतिनिधि सभा सदस्यमा समानुपातिक निर्बाचन प्रणाली मार्फत निर्बाचित सांसद हुन् । उनले उम्मेदवारको रुपमा १५ बुदे प्रतिबद्ता जारि गरेका थिए । ढकालले जारि गरेका प्रमुख प्रतिबद्धताहरुमा राष्ट्रियताको संरक्षण, परिबर्तनका उपलब्धिको संस्थागत विकास, भ्रष्टाचार निवारण र शुशाशन, असल परिवार र नैतिकवान समाज, सामाजिक सदभाब, राष्ट्रिय मेलमिलाप र अन्तरधार्मिक एकता, युवालाई रोजगार, पर्यटनको विकास, कृषि उत्पादनमा आधुनिकीकरण तथा बृद्धि, विकास तथा लगानी मैत्री वाताबरणको सृजना, वाताबरण संरक्षण र अन्तराष्ट्रिय सम्बन्धमा सुधार तथा आर्थिक कुटनीति लाइ प्राथमिकता दिने लगाएतका बिषयमा नीतिगत रुपमा योगदान गर्ने तथा आबाज उठाउने उल्लेख गरेका छन् ।
असल मनसायले काम गर्दा गर्दै पनि सांसद ढकाल आलोचना रहित भने हुन सकेका छैनन् । उनि रचनात्मक आलोचनाले आफुलाई परिपक्क र परिमार्जित हुने अवसर प्रदान गर्ने बताउछन् । ढकाल आफ्ना बारेमा हुने नकारात्मक टिप्पणीहरुलाई बुझाइको अभाब र विकृत मानसिकताको उपज भन्छन । मिलनसार र सहयोगी भावनाका ढकालले आफ्नो पार्टी नेपाल परिवार दल र निर्बाचित भएको पार्टी नेकपा एमाले बीच सहि समन्न्वयन गरेरे अघि बढी जनअपेक्षा सम्बोधन गर्न उनको तेश्रो संसद यात्रामा सफल होस् हाम्रो पनि शुभकामना ।
ताजा
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





