जयनगर–कुर्थाः तीन चरणमा रेल सेवा चल्ने

२०७९ मंसिर ७ गते, बुधबार

धनुषाः जयनगर–कुर्था रेल्वे मार्गमा मङ्सिर ११ गतेदेखि १३ गतेसम्म रेल सेवा दैनिक तीन ‘सिफ्ट’ मा चल्ने भएको छ । मिथिला क्षेत्रको प्रसिद्ध सीताराम विवाह पञ्चमी पर्वलाई दृष्टिगत गरी मङ्सिर ११, १२ र १३ गतेसम्म रेल सेवा दैनिक तीन सिफ्ट चलाइने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।

विवाह पञ्चमी मेला महोत्सवका लागि आउने धार्मिक तीर्थयात्री तथा भक्तजनको सुविधालाई मध्यनजर गरी तीन दिन बिहान ८ः३० बजे जयनगरबाट कुर्था, बिहान १०ः४५ बजे कुर्थाबाट जयनगर, पुनः १२ः३० बजे जयनगरबाट जनकपुरधाम, दिउँसो १ः४० जनकपुरबाट जयनगर तथा दिउँसो ३ बजे जयनगरबाट कुर्था र बेलुका ५ः१५ बजे कुर्थाबाट जयनगर रेल सेवा सञ्चालन गरिने नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले जानकारी दिए ।

जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ चैत २० गतेदेखि नियमित रेल सेवा सञ्चालन भइरहेको छ । सो मार्गमा चल्ने रेल सेवाको गत २०७८ चैत २० गते नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जयनगर–कुर्था रेल मार्गमा रेल सेवाको उद्घाटन गरेका थिए। त्यसयता रेल सेवा दैनिक दुई पटक आउने र दुई पटक जाने गरिरहेको छ । (रासस)

7 Views

ताजा

सुदूरपश्चिमबाट मा‌ओवादी निल

२०७९ मंसिर ९ गते, शुक्रबार

सुदूरपश्चिमबाट मा‌ओवादी निल

२०७९ मंसिर ९ गते, शुक्रबार

प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत ?

२०७९ मंसिर ९ गते, शुक्रबार

गुल्मीबाट–१ बाट भण्डारीको ‘कमब्याक’

२०७९ मंसिर ९ गते, शुक्रबार

चितवन ३ मा विक्रम पाण्डे अघि बढ्दै

२०७९ मंसिर ९ गते, शुक्रबार

काभ्रे–२ मा गोकुल बाँस्कोटाको जित निश्चित

२०७९ मंसिर ९ गते, शुक्रबार

बाँके– ३ बाट कांग्रेसका किशोरसिंह राठौर भारी मतले विजयी

२०७९ मंसिर ८ गते, बिहीबार

स्वतन्त्र पार्टी राजावादी भएको खगेन्द्र संग्रोलाको आरोप

२०७९ मंसिर ८ गते, बिहीबार

दाङ–(२) बाट कांग्रेसका प्रचण्ड विक्रम न्यौपाने (गुन्टु)को ऐतिहासिक विजयी

२०७९ मंसिर ८ गते, बिहीबार

ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी

२०७९ मंसिर ८ गते, बिहीबार

बर्दिया–२ (क) मा कांग्रेसका जन्मजय तिमिल्सेना विजयी

२०७९ मंसिर ८ गते, बिहीबार

लोकप्रिय

भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….

२०७९ आश्विन ४ गते, मंगलवार

यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।

२०७९ आश्विन २ गते, आईतवार

भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….

२०७९ आश्विन २ गते, आईतवार

बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”

२०७९ आश्विन १ गते, शनिबार

गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार 

२०७९ भाद्र २९ गते, बुधबार

नेकपा( एकीकृत समाजवादी )को निकट सहकारी संगठन समाजवादी सहकारी संगठन नेपाल घोषणा

२०७९ भाद्र २९ गते, बुधबार

हर्क साम्पाङ् भन्छन् : ७ सय ५३ पालिकामध्ये सबैभन्दा भाग्यमानी मै हो

२०७९ भाद्र १९ गते, आईतवार

लायन्स क्लब अफ काठमाण्डौ नयाबजार विभिन्न बिधामा सम्मान्नित

२०७९ श्रावण २१ गते, शनिबार

शिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीकाे कपाल

२०७९ असार २८ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal