समानुपातिकमा स्वतन्त्र पार्टीले १ लाख कटायो

२०७९ मंसिर ७ गते, बुधबार

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको मत गणना जारी छ । प्रतिनिधिसभातर्फको प्रत्यक्ष, समानुपातिकतर्फको मतगणना जारी छ ।
समानुपातिकमा अहिलेसम्म नेकपा एमालेले अग्रता कायम राखेको छ । नेकपा एमालेले अहिलेसम्म दुई लाख १८ हजार ७४८ मत प्राप्त गरेको छभने दोस्रोमा नेपाली कांग्रेस रहेको छ ।

कांग्रेस दुई लाख नजिक पुगेको छ । अहिलेसम्म कांग्रेसले एक लाख ९६ हजार ३८१ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले एकलाख मत कटाएको छ ।

उसले अहिलेसम्म एक लाख एक हजार ३०३ मत प्राप्त गरेको छ । माओवादीले ९१ हजार १७९ मत ल्याएको छ ।

त्यसैगरी राप्रपाले ५१ हजार ७४१ मत प्राप्त गरेको छ भने जनता समाजवादी पार्टीले १६ हजार ६०५ मत प्राप्त गरेको छ । जनमत पार्टीले जसपालाई समानुपातिक मतमा पछ्याइरहेको छ ।

उले १५ हजार ९०३ मत ल्याएको छ । नेमकिपाले १३ हजार ६१३ मत ल्याएको छ भने नेकपा एकीकृत समाजवादीले ११ हजार ९२८ मत ल्याएको छ ।

185 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal