आश्चर्यजनक मतसहित उदाउँदै स्वतन्त्र पार्टी
काठमाडौं । मतदानको प्रारम्भिक रुझान हेर्दा यस निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी आश्चर्यजनक नतिजा निकाल्दै उदाउने देखिन्छ । १७ असोजमा मात्रै दर्ता भएको यो दलप्रति खास गरेर युवाहरूको आकर्षण देखिएको छ ।
पहिलोपटक सहभागिता जनाएको निर्वाचनबाटै राष्ट्रिय दल बन्ने निश्चित छ । स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट उम्मेदवार छन् । उनीसहित केही सिट प्रत्यक्षतर्फ जित्ने तथा समानुपातिकमा अपेक्षा गरिएभन्दा राम्रो मत ल्याएर संसद्मा बलियो हैसियतसहित पुग्ने यो दलको दाबी छ ।
मतदान सम्पन्न भएपछि आइतबार चितवनमा सभापति लामिछानेले आफ्नो पार्टीले अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याउने बताए । ‘देशभरको रिपोर्टिङले उत्साहित छु,’ उनले भने, ‘सबै मतदाताले विश्वास गरेका छौँ है भन्नुभएको छ । हामी देशभर अपेक्षा गरेभन्दा धेरै मत पाउँदै छौँ । समानुपातिकतर्फ राम्रो परिणाम आउँदै छ ।’ पार्टी प्रवक्ता डा. मुकुल ढकालले समानुपातिकतर्फ करिब ३० सिट ल्याएर आफ्नो दल पहिलो हुने दाबी गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ एक सय ३१ स्थानमा उम्मेदवारी दिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी भने यसपटकको निर्वाचनमा पनि राष्ट्रिय दल बन्ने–नबन्ने अनिश्चित छ । यद्यपि, प्रत्यक्षमा कम्तीमा आधा दर्जन सिटसहित राष्ट्रिय पार्टी बन्ने राप्रपाको दाबी छ । (नयाँ पत्रिका दैनिकबाट)
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





