चुनावको बेलामा आयो भ्रष्टचारी
चुनावको माहोल तातिदै गरेको परिवेशमा चुनावलाई नै लक्षित गरेर तयार पारिएको एउटा गीत बजारमा आएको छ । मीठा सपना बाँडेर भोट जित्ने र ठाउँमा पुगेपछि भ्रष्टचार गर्ने जनतालाई दिएका आश्वासन पुरै भुल्ने र फेरी चुनाब आउँदा भोटमाग्न आउने प्रबृत्ती बिरुद्धको आवाजको रुपमा यो गीत आएको हो ।
निकै लामो समयदेखी गीतसंगीतबाट टाढा भएर रहेका निकै चर्चित गीत सधै मेरो दुख्यो दिलको घाउ तथा माया चन्चलेका गायक रामु नेपालीले उक्त गीत बजारमा ल्याएका हुन ।
भ्रष्टचारीहरुले नै देशलाई कंगाल पारेको, गाउँमा गतिलो एउटा हस्पिटल समेत नभएको, बाटाहरु नभएको लगायतका यथार्थपरक कुराहरु गीतमा भेटाउन सकिन्छ । भ्रष्टचारीले नै देश बर्बाद परेको आशयको गीतको नाम पनि भ्रष्टचारी राखिएको छ ।
पत्रकार, लेखक तथा निर्देशक रेशम बोहोराले निर्देशन गरेको भ्रष्टचारी गीतमा बोहोरा आफै र कोपिला थापासँगै अशोक बज्राचार्यको अभिनय रहेको छ ।
सप्तरंगी संसार युट्युव च्यानलमा रहेको भ्रष्टचारी गीतमा शब्द तथा संगीत गर्ने काम गायक रामु नेपाली आफैले गरेका छन् भने संगीत संयोजन सागर बिरहीको रहेको छ ।
गीत हेर्नुहोस्